arrow

लुम्बिनी प्रदेश नीति तथा कार्यक्रम : गठबन्धनद्वारा बहिष्कार

logo
नारायण वली,
प्रकाशित २०७८ जेठ २५ मंगलबार
pradesh-57.jpg

रुपन्देही । लुम्बिनी प्रदेश  सरकारको नीति तथा कार्यक्रम चार गठबन्धनले बहिष्कार गरेका छन् । मङ्गलवार प्रदेश सभामा प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा चार गठबन्धनले असंवैधानिक नीति तथा कार्यक्रम भन्दै बहिष्कार गरेका हुन् ।

गठबन्धनले कार्यक्रम बहिष्कार गरे पनि प्रदेश सभाको सदनमा विपक्षी दलका एक-एक जना प्रतिनिधि उपस्थिति जनाएका छन् । प्रदेश प्रमुख यादवले  प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा विपक्षी सांसदहरू भने अनुपस्थित रहे ।

गत वैशाख १९ गते प्रदेश प्रमुख यादवले अल्पमतमा परेका एमालेका नेता शङ्कर पोख्रेललाई पुनः मुख्यमन्त्रीमा नियुक्ति गरेर असंवैधानिक काम गरेको गठबन्धनको ठहर छ । सोही कारण अहिले नीति तथा कार्यक्रम ल्याएको विरोध जनाउँदै, विपक्षी गठबन्धनका संसद्हरू अनुपस्थित भएको नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्रीले जनाएकी छिन् ।

गठबन्धनका सांसद्हरुले प्रदेश सभा परिसरमा उपस्थिति जनाए पनि, सभा हलमा प्रवेश नगरेका हुन् । उनीहरूले सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रम आफ्ना एक÷एक जना सांसद प्रतिनिधि मात्रै नीति तथा कार्यक्रममा पठाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ