arrow

चित्रबहादुर केसीको प्रतिक्रिया: गण्डकी प्रदेशमा प्रतिगमनको मतियार हटाउन सफल भयौं

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३० आइतबार
Chitra-bahadur-Kc.jpeg

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा केपी शर्मा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन सफल भएको प्रतिक्रिया दिएका छन् ।

आइतबार एक विज्ञप्तिमा जारी गर्दै केसीले प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको टिप्पणी गरेका हुन् । संसद भंग गरी मध्यावधि चुनाव गराउने षडयन्त्रलाई पनि गठबन्धनले विफल बनाएको केसीको भनाइ छ ।

विज्ञप्तीमा भनिएको छ, ‘जसरी केपी ओलीले झुटो र गलत दाबी प्रस्तुत गरी संसद भंग गरी मध्यावधि चुनाव गराउनका लागि षडयन्त्र गरेका थिए, ठीक त्यसै प्रकारले गण्डकीमा पनि त्यस प्रकारको षडयन्त्र यहाँको सरकारले पनि गरेको थियो । त्यो षडयन्त्रलाई प्रतिगमनविरोधी सम्पूर्ण राजनीतिक दल, प्रेस  जगतले असफल पारेका छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ