arrow

दार्चुलामा केही खुकुलो बनाएर निषेधाज्ञा १० दिन लम्बियो

logo
प्रकाश चन्द्र भट्ट
प्रकाशित २०७८ जेठ ३० आइतबार
darchula-cdeo.JPG

दार्चुला । दार्चुलामा जारी निषेधाज्ञा लब्याइएको छ । आइतवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकले सिफारिश गरेबमोजिम असार १० गतेसम्म निषेधाज्ञा लम्बिएको हो ।

यसअघि जारी निषेधाज्ञा आज राती १२ बजे सकिदैछ । जिल्लामा संक्रमण दर अझै धेरै नघटेको भन्दै असार १० गते राती १२ बजेसम्म लागू हुनेगरि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

उनका अनुसार बजार बिहान ६ बजेदेखि १० बजेसम्म र बैंक तथा वित्तिय संस्थाहरु बिहान ९ः३० बजेदेखि दिउँसो १ बजेसम्म जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने छ ।

यसअघि जिल्लामा अत्यावश्यकीय खाद्यान्न, तरकारी फलफूल, दुग्धजन्य पसल बिहान ४ घण्टा र बैंक तथा बित्तिय संस्थाहरुले बिहान २ घण्टा मात्रै सेवा दिइरहेका थिए । दार्चुलामा वैशाख २५ गतेदेखि निषेधाज्ञा जारी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ