arrow

निषेधाज्ञामा ६६ मुद्दा, १५ को फैसला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १ मंगलबार
rule-of-law.jpg

चितवन । निषेधाज्ञाको समयमा चितवन जिल्ला अदालतले १५ वटा मुद्दाको फैसला गरेको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा भएका ६६ वटा मुद्दाको थुनछेकका क्रममा सो सङ्ख्यामा फैसला भएको हो ।
 
अदालतको तहसिलदार पुरुषोत्तम पौडेलका अनुसार अदालतले अभियोगका साथ पेश भएका सरकारवादी फौजदारी मुद्दा मात्रै हेरेको थियो । उनका अनुसार सो समयमा ८४ वटा मुद्दामा थुनछेक आदेश भएको छ भने एउटा मुद्दा प्रक्रियाकै क्रममा रहेको छ । थुनछेक आदेश हुनेमा एउटा बन्दीप्रत्यक्षीकरणको रिटसमेत रहेको उनले बताए । बन्दी प्रत्यक्षीकरणको मुद्दासहित १५ वटा मुद्दाको फैसला भएको हो ।
 
निषेधाज्ञाका कारण सेवाग्राहीहरु अदालतसम्म आउन कठिन भएकाले अन्य मुद्दा दर्ता हुन नसकेको उनको भनाइ छ । स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि लगाएको निषेधाज्ञा जारी राखेको छ । सो समयमा जिल्लामा अधिकांश लागूऔषधका मुद्दा दर्ता भएको उनले जानकारी दिए । 

लागूऔषधका २१  मुद्दामा ३९ जना, सवारी ज्यानका १६ मुद्दामा १६ जना, जबर्जस्तीकरणीका चार मुद्दामा चार जना र दुई करणी उद्योगका मुद्दामा २ जना रहेका छन् । यस अवधिमा प्रहरीले विभिन्न मुद्दामा गरी ९७ जना प्रतिवादीलाई पक्राउ गरी अदालत पेश गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ