arrow

टेलिभिजन- चलचित्रबाट दर्शक र वातावरणमा कस्तो प्रभाव पर्दछ ?

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७८ असार ४ शुक्रबार
tv-and-cinema.jpg

धेरै जसो मानिसहरू आफ्नो दिन प्रति दिनको समस्याबाट बच्नको लागि, मनोरञ्जन, जानकारी र अनुभवको विश्वसँग जोडिनको लागि टेलिभिजन हेर्न गर्छन् । टेलिभिजन र चलचित्रको सार्वजनिक अपिलले, हामीले दर्शक र उनीहरूको वातावरण माथि यसको आध्यात्मिक प्रभावको अभ्यास गरेका थियौँ । यद्यपि हामी समाचार, जानकारी र मनोरञ्जनको लागि टेलिभिजन माथि अधिक निर्भर गर्दछौँ; तर अनुसन्धानबाट यसको नकारात्मक प्रभाव पनि अगाडी आएको छ । निम्न सूचीमा हामीले आजको समाजद्वारा टेलिभिजनको आलोचना सूचीबद्ध गरेका छौँ । (सन्दर्भ: CyberCollege)

टेलिभिजनले मोटोपना बढाउनमा योगदान पुर्‍याउँदछ, टेलिभिजनले व्यक्तिगत जिम्मेवारीबाट भाग्न प्रोत्साहित गर्दछ, टेलिभिजनले वास्तविकताको असत्य छविलाई प्रस्तुत गरेर वास्तविकतालाई बिगारी दिन्छ । टेलिभिजनले आर्थिक शोषणको लागि तपाईँलाई आकर्षित गर्दछ । यसले विज्ञापनद्वारा उपभोक्ता संस्कृतिलाई जन्म दिन्छ । साङ्केतिक कामुकता दर्साएर टेलिभिजनले नैतिक मूल्य कमजोर पार्दछ । टेलिभिजनमा देखाएको हिंसक दृश्यहरूले दैनिक व्यवहारमा हिंसा जगाउँछ । (सन्दर्भ :  New Scientist)

अधिकांश मानिसहरूले टेलिभिजन छोड्न नसक्ने अनुभव गरेका छन् , अथवा अधिक समय टेलिभिजनको कार्यक्रमको विषयमा सोच्ने, चर्चा गर्ने अथवा पुनः प्रसारण हेर्न व्यतीत गर्दछन् । यसको दुष्प्रभाव विपरीत, यसमा के छ, जसले व्यक्तिलाई आकर्षित गर्दछ ? यसको उत्तर दिनको लागि एसएसआरएफद्वारा आध्यात्मिक अनुसन्धान गरिएको थियो जसले यो दर्साउँछ कि टेलिभिजन हेर्दा खेरी आध्यात्मिक आयाममा घट्दछ ।

टेलिभिजनको आध्यात्मिक प्रभावहरू
कु. प्रियङ्का लोटलीकर विकसित छैटौँ इन्द्रिय भएकी साधिका हुन् । उनले कसैले टेलिभिजनमा मनोरञ्जक कार्यक्रम हेर्दछ आध्यात्मिक आयाममा के घट्दछ भनेर अभ्यास गरेकी थिइन् । उनीको सो अनुभूतिलाई एउटा सूक्ष्म-ज्ञान माथि आधारित चित्रको माध्यमबाट प्रस्तुत गरिएको छ । यी निष्कर्षहरू सत्यताको लागि परम पूज्य डा. आठवलेद्वारा जाँच गरिएको छ ।

खोजको सारांश निम्नलिखित छन् :
जब मनोरञ्जक कार्यक्रम प्रसारित हुन्छ तब कष्टदायी शक्तिको चक्र टेलिभिजन यन्त्रको चारैतर्फ निर्माण हुन्छ र कष्टदायी शक्ति वातावरणमा ध्वनि चक्रको रूपमा प्रक्षेपित हुन्छ । दर्शकको मनको चारैतर्फ कष्टदायी शक्तिको जाल निर्माण हुन्छ र चारैतर्फ कष्टदायी शक्तिको आवरण निर्माण हुन्छ । यहाँ सम्म कि टेलिभिजन कार्यक्रम हेर्ने व्यक्तिको विचारद्वारा वातावरणमा कष्टदायी शक्तिको स्पन्दन प्रक्षेपित हुन्छ ।

भ्रम पैदा गर्ने शक्ति (मायावी शक्ति) को चक्र टेलिभिजन वरिपरि उत्पन्न हुन्छ । यसले दर्शकमा मायावी शक्तिको चक्रको निर्माण गर्दछ । भ्रमात्मक (मायावी) स्पन्दनहरू टेलिभिजन कार्यक्रमहरू मार्फत उत्सर्जित हुन्छन् । धेरै जसो टेलिभिजन कार्यक्रमहरूले वास्तविकताको प्रतिनिधित्व गर्दैनन्; परिणाम स्वरूप मायावी स्पन्दन परिसरमा र वातावरणमा अधिक मात्रामा प्रक्षेपित हुन्छ । यसबाहेक, दर्शक अधिक काल्पनिक सन्सारमा डुब्न थाल्दछ, जसको कुनै पनि अस्तित्व हुँदैन ।

व्यक्ति यी टेलिभिजनको कार्यक्रमहरू हेरेपछि बहिर्मुख हुन्छ र यसले उनको मन र बुद्धिमा असर गर्दछ र त्यही अनुसार उसले व्यवहार गर्न थाल्छ ।टेलिभिजन हेर्ने दर्शकहरू किन मन्त्रमुग्ध हुन्छन् आध्यात्मिक अनुसन्धानले देखाउँदछ। आधुनिक विज्ञानद्वारा टेलिभिजनको दुष्परिणामलाई पनि यो अनुसन्धानले आधार प्रदान गर्दछ ।

 टेलिभिजनको सामग्री र कार्यक्रमको प्रभाव
अनुसन्धानको परिणामले हामीलाई यो सोच्नमा बाध्य बनायो कि केवल मनोरञ्जक कार्यक्रमसम्म सीमित छ  अथवा कुनै पनि प्रकारको कार्यक्रममा यो कुरा लागु हुन्छ । हामीले पायौँ कि सत्वप्रधान विषय वस्तु हेर्दा हाम्रो लागि लाभदायक हुन्छ जबकि तम प्रधान विषय वस्तु हाम्रो लागि हानिकारक हुन्छ । टेलिभिजन कार्यक्रम कस्तो प्रकारको हो यसमा कष्टदायी शक्तिको प्रक्षेपित स्पन्दन निर्भर गर्दछ ।

टेलिभिजन कार्यक्रमको आध्यात्मिक शुद्धतालाई असर गर्ने कारकहरू
हाम्रो, विकसित छैटौँ इन्द्रियको साधकहरूले विभिन्न प्रकारको टेलिभिजन कार्यक्रमको प्रभावलाई आध्यात्मिक स्तरमाथि विश्लेषण गरेका छन् । सत्वप्रधान कार्यक्रमहरु : सत्सङ्ग र उच्चस्तरको सन्तबाट हुने अन्य कार्यक्रमहरु, यात्रा । रज-सत्त्व प्रधान कार्यक्रमहरु : प्रकृति कार्यक्रमहरु, खेलकुद कार्यक्रमहरु, समाचार, हास्य प्रधान, धारावाहिक । रज-तम प्रधान कार्यक्रमहरु : कार्टुन, नाटक,  प्रेमकथा, मारपिट आदि । तम प्रधान कार्यक्रमहरु : वास्तविकतामा आधारित कार्यक्रमहरु, डरलाग्दो चलचित्रहरू ।  अत्यधिक तम प्रधान कार्यक्रमहरु : अश्लील चलचित्रहरू ।

हामीले यो पनि पायौँ कि जब कार्यक्रममा हिंसा, हत्या, नग्नता अथवा कामुकता सम्मिलित हुन्छ  तब कार्यक्रम र दर्शक दुवैमा तामसिक घटक बढ्दछ । अशिष्ट भाषामा गाली-गलौच, धर्मको निन्दा र तम प्रधान भाषाले पनि दर्शक माथि नकारात्मक प्रभाव हुन्छ ।

सात्त्विक कार्यक्रमहरू
कु. प्रियङ्का लोटलीकरले कसैले सत्वप्रधान कार्यक्रम हेर्दा आध्यात्मिक स्तरमा  कस्तो प्रभाव पर्दछ भनेर अभ्यास गरेकी छन् ।  यसको लागि प.पू. भक्तराज महाराज, उच्चतम स्तरको एउटा सन्तको सत्सङ्गको प्रवचन भिडियो थियो ।

परिणामको सारांश निम्नलिखित छन् :
सन्तको सत्सङ्गको ध्वनि सिडी  हेर्दा दर्शकमा भावको वलय कार्यरत हुने । सन्त बोल्ने समयमा आनन्द, चैतन्य र शक्तिको निर्माण भएर दर्शकतर्फ प्रक्षेपित हुने ।वातावरणबाट कष्टदायक शक्तिहरू हट्न थाल्छन् । सन्तको शब्दमा पूर्ण सत्य हुन्छ र परिणाम स्वरूप, दर्शक अध्यात्ममा अधिक भन्दा अधिक डुब्न थाल्छ र भित्रबाट आनन्द र दिव्य चेतनाको अनुभव गर्न सक्षम हुन्छ ।

टेलिभिजन कार्यक्रम हेर्ने दर्शक सन्तको प्रवचनको कारण अन्तर्मुख हुन्छ र उसको मन र बुद्धि त्यस अनुसार व्यवहार गर्न थाल्छ । यस विश्लेषणबाट हामी यो कुरा बुझ्न सक्छौँ कि सत्त्व प्रधान कार्यक्रम जस्तै सन्तको सत्सङ्ग इत्यादि हेर्दा आध्यात्मिक रूपमा लाभदायक हुन्छ । दुर्भाग्यवश टेलिभिजनमा यस्ता कार्यक्रमहरूको आवृत्ति नगण्य छ ।

चलचित्रहरूको आध्यात्मिक प्रभावहरू

जुन प्रकार आध्यात्मिक व्यक्तिको सत्सङ्गमा रहँदा हाम्रो सकारात्मकता बढ्दछ त्यस प्रकारले अत्यधिक राजसिक अथवा तामसिक वातावरण जस्तै सिनेमा गृहले हाम्रो नकारात्मकतालाई बढाउद्छ । अँध्यारो कोठामा चलचित्र हेर्दा यसको प्रभाव अझै बढ्दछ । चर्को आवाज र तीव्र प्रकाशले प्रभावलाई अझ बढाउँदछ ।कार्यक्रमको प्रकार टेलिभिजनको अनुसार नै रहन्छ; तर चलचित्र रङ्गशाला अनुभव हुनको कारण, जस्तो की पहिला भनिएको थियो, यसमा रज-तम घटक धेरै हुन्छ ।

निष्कर्ष
हामी टेलिभिजन अथवा चलचित्र आफ्नो प्रतिदिनको दैनिक कार्यहरूबाट बचनको लागि र मनोरञ्जनको रूपमा प्रयोग गर्दछौँ । तर केवल साधनाले नै हामीलाई पूर्ण शान्ति, विश्राम र आनन्द दिन्छ जसलाई हामी अन्य माध्यद्वारा खोज्दछौँ । सन्तको सत्सङ्ग हेर्नु, सत्सङ्गमा जानु, नाम जप, प्रार्थना, सत् सेवा र साधनाको अन्य पक्षहरूले हाम्रो आध्यात्मिक स्तर बढ्दै जान्छ ।

कहिलेकाहीँ टेलिभिजन र चलचित्र हेर्नु, परिवार र मित्रको साथ भेटघाटको एउटा तरीका हो र छनौट गर्नको लागि सम्भव हुँदैन । जब छनौट गर्नको लागि हामीसँग छैन भने त्यो कार्यक्रम हेर्न हुन्छ कि हुँदैन । यस्तो परिस्थितिमा कार्यक्रम भन्दा पूर्व, अन्तरगत (कार्यक्रम भइरहेको समय) र कार्यक्रम समाप्त भएपछि नाम जप र प्रार्थना जस्तो सजिलो कृतिले हाम्रो रक्षा गर्नमा अत्यधिक सहायता गर्दछ ।  बिस्तारै-बिस्तारै हामी टेलिभिजन र चलचित्रमा बरबाद हुने समय कम गर्न सक्छौँ । हामी तम प्रधान कार्यक्रम हेर्नबाट पनि बच्न सक्छौँ ।

जसरी हाम्रो साधना बढ्दै जान्छ, हामी भित्र सत्वगुण बढ्दै जान्छ । यस्तो गर्नाले हाम्रो मनोरञ्जन विधिको चुनाव पनि स्वाभाविक रूपमा धेरै सात्त्विक हुन थाल्छ किनभने आध्यात्मिक रूपले लाभदायक कृतिहरूलाई स्वीकारन हाम्रो योग्यता बढ्दछ र हामीलाई यसले आध्यात्मिक रूपमा शक्तिशाली बनाउँदछ ।

इमेल : hjsnepal@gmail.com

वेवसाइट:  स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ