arrow

सर्वोच्चले सरकारलाई भन्यो ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराऊ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
supreme-court-long.jpg

काठमाडौं । सर्वोच्च अदालतले ज्येष्ठ नागरिकलाई तत्काल खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले मङ्गलवार कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न भन्दै अन्तरिम आदेश दिएको हो । 

ज्येष्ठ नागरिकलाई पहिलो डोज खोप लगाइएको १५ हप्ता बढी भइसकेको तर दोस्रो डोजको टुङ्गो नभएको भन्दै ७५ वर्षीय अर्जुनराज गिरी र  ६५ वर्षीय पूणर्प्रसाद पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

सो रिटउपर सुनवाइ गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेशसमेत दिएको छ । 

गत फागुनमा कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका करिब १३ लाख ५० हजार ज्येष्ठ नागरिकहरू दोस्रो डोज खोप लगाउनबाट वञ्चित हुँदै आइरहेका थिए । 

विश्व स्वास्थ्य सङ्गठनले कोभिशिल्ड खोपको पहिलो डोज लगाएको ८ देखि १२ हप्तासम्ममा दोस्रो डोज लगाउन सकिने बताउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ