arrow

कास्कीको मादीमा बाढीले एम्बुलेन्स पुर्‍यो : बिरामीको मृत्यु, चालक अधिकारी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
ambulance-pokhara.jpg

पोखरा । कास्कीमा बाढीले पसगाउँ स्वास्थ्य चौकीको एम्बुलेन्स पुरेको छ । बाढीमा ग१झ ४४८ नम्बरको एम्बुलेन्स पुरिँदा बिरामीको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

मादी गाउँपालिका वडा नं. ९ मुग्रीबेशीबाट बिरामी लिएर थुम्सीकोट आउने क्रममा खहरे खेलामा एक्कासि बाढी आएर एम्बुलेन्स पुरेको सिक्लेसका देवीजंग गुरुङले जनाएका छन् ।

एम्बुलेन्स पुरिँदा बिरामी ८१ वर्षकी गोमा अधिकारीको ज्यान गएको वडाध्यक्ष तोरणबहादुर गुरुङले जानकारी दिए । माथिबाट बाढी आएपछि भाग्ने क्रममा एम्बुलेन्स चालक सुवास अधिकारीलाई बगाएको थियो ।

चालक अधिकारीलाई वडाध्यक्ष तोरणबहादुर गुरुङ, युवाहरू अर्जुन गुरुङ, दिनेश गुरुङ, समीर गुरुङ लगायतले उद्धार गरी उपचारका लागि पोखरा ल्याइएको बताइन्छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

वडाध्यक्ष गुरुङका अनुसार जेसिवीको सहायताले बाढीबाट एम्बुलेन्स निकालिएको र पोखरा ल्याउने तयारी भइरहेको छ । एम्बुलेन्सका सहचालक भने सकुशल रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ