arrow

विवादमा न्यूयोर्क टाइम्स

न्यूयोर्क टाइम्सले दक्षिण एसियाका लागि खुलायो विवादास्पद विज्ञापन, आपराधिक पृष्ठभूमिकाले पनि आवेदन गर्न पाउने

हिन्दू धर्म र नरेन्द्र मोदीका कट्टर विरोधीलाई विशेष प्राथमिकता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
nytimesmain.jpg

काठमाडौं। विश्व बिख्यात अमेरिकी सञ्चारमाध्यम एवं पत्रिका न्यूयोर्क टाइम्सले दक्षिण एसियाकै स्वभिमानमाथि आँच आउने किसिमले एक विज्ञापन प्रकाशन गरेको छ ।

विश्वकै एक नम्बर पत्रिका मानिने न्यूयोर्क टाइम्सले भारतको नयाँ दिल्लीमा आधारित रहेर दक्षिण एसियाका लागि आर्थिक संवाददाता मागेको छ ।

तर संवाददाता माग गरेकाे उक्त विज्ञापनमा हिन्दू धर्म र दक्षिण एसियालाई हेर्ने न्यूयोर्क टाइम्सको विवादास्पद दृष्टिकोण झल्किएको छ। विज्ञापनमा आपराधिक पृष्ठभूमि भएको व्यक्तिलाईसमेत स्वीकार्य गरिने कुरा उल्लेख गरिएको छ । ती संवाददाताले पाकिस्तान, बंग्लादेश, नेपाल, श्रीलंका, भुटान र माल्दिभ्सका लागि समाचार तयार पार्नेछन् ।

   

अपराधिक पृष्ठभूमि भएकालाई पनि समेट्ने कुरा

विज्ञापनमा उल्लेख गरिएको अर्को विवादास्पद कुरा हिन्दू धर्ममाथिको कुदृष्टि रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत हिन्दू बाहुल्यतामा आत्मनिर्भर बनिरहेको भन्दै हिन्दू धर्मको बाहुल्यतामाथि विज्ञापनले एक किसिमले खेद प्रकट गरेको छ ।

    

हिन्दू धर्मको बाहुल्यता हुँदा अन्य बहुसांस्कृतिक लक्षहरुलाई बाधा पर्ने कुरा

हिन्दू धर्मको बाहुल्यता हुँदा अन्य बहुसांस्कृतिक लक्षहरुलाई बाधा पर्ने कुरा विज्ञापनमा उल्लेख छ । यसले किश्चियन बाहुल्यता भएको मुलुकमा बौद्ध र हिन्दु धर्मका लक्ष्यहरुलाई पनि बाधा पर्ने हो ? भन्ने प्रश्न समेत उब्जाएको छ ।

दक्षिण एसियाका लागि हिन्दू धर्मको विरोधी र अपराधिक पृष्ठभूमि भए पनि हुने संवाददाताको खोजी गर्नुले विश्कै प्रमुख सञ्चार माध्यममा पक्षपात, पक्षधर र पक्षपोषकको भाव झल्किएको छ ।

यद्यपि विज्ञापनमा व्यापारलाई फाइदा हुने किसिमले विविधता समेट्नमा प्रतिवद्ध भएको कुरा उल्लेख गरिएको छ । तर पनि संवाददाताकै खोजीमा देखिएको पूर्वाग्रहले समाचारमा कुन हदसम्मको पूर्वाग्रह अथवा पक्षपात हुनसक्छ भन्ने अनुमान सहजै गर्न सकिन्छ।

न्यूयोर्क टाइम्सको यो विज्ञापनलाई लिएर थुप्रै भारतीय अधिकारीहरु र दक्षिण एसियाली मामिलाका जानकारहरुले चर्को आलोचना गरिरहेका छन् ।

विज्ञापनको बिषयमा भारत सरकारका सल्लाहकार कञ्चन गुप्ताले, ‘न्यूयोर्क टाइम्सले मोदीविरोधी र भारतका छिमेकीहरुमा भारतविरोधी भावना फैलाउने कार्यकर्ता खोजेको’, भन्दै आलोचना गरेका छन् ।

यस्तै भारतीय फिल्म निर्देशक विवेक अग्निहोत्रीले, ‘न्यूयोर्क टाइम्सले मोदी, बिजेपी, आरएसएस र हिन्दू धर्मलाई घृणा गर्ने व्याक्ति खोजेको’, भन्दै आलोचना गरेका छन् ।

‘भारतले चीनको जनसंख्यालाई चाँडै पछि पार्दैछ, यदि यसअघि नै पछि पारिसकेको छैन भने र विश्वमञ्चमा एक ठूलो शक्ति पाउने महत्वाकांक्षा राखेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले एसियामा चीनको आर्थिक र राजनैतिक क्षेत्रलाई प्रतिस्पर्धा गर्न उत्प्रेरित गरेको छ’, भारतको विषयमा विज्ञापनमा उल्लेख छ ।

एक किसिमले चीनको पक्षधरताको संकेत गर्ने यो विज्ञापनले चिनियाँ कम्युनिस्ट पार्टीको प्रमुख पत्रिका चाइना डेलीले विभिन्न अमेरिकी सञ्चारमाध्यमलाई लाखौं डलर दिएको विषयलाई प्रष्फुटन गर्ने समय देखिन्छ  ।

चाइना डेलीले अमेरिकाको न्याय विभागमा पेश गरेको एक रिपोर्टमा उल्लेख भए अनुसार, चाइना डेलीले वाल स्ट्रेट जर्नललाई ६० लाख अमेरिकी डलर, वाशिंगटन पोष्टलाई ४६ लाख अमेरिकी डलर, फरेन पोलिसीलाई २ लाख ४० हजार अमेरिकी डलर, न्यूयोर्क टाइम्सलाई ५० हजार अमेरिकी डलर, डेस मोइन्स रजिस्टर भन्ने पत्रिकालाई ३४ हजार ६ सय डलर, सीक्यु रोलकल पत्रिकालाई ७६ हजार अमेरिकी डलर दिएको थियो ।

चाइना डेलीले ४ वर्षको अवधिमा विभिन्न अमेरिकी सञ्चारमाध्यममा प्रकाशन र विज्ञापनका लागि करिब १ करोड ९० लाख अमेरिकी डलर खर्च गरेको उक्त रिपोर्टमा उल्लेख छ ।

खासगरी दक्षिण एसियामा भारतको उदाउँदो नयाँपनविरुद्ध यसरी पूर्वाग्रह तरिकाले संवाददाताको खोजी गर्नुलाई भारतमा ठूलो आलोचनाको विषय बनाएर हेरिएको छ ।

भारत मात्रै नभइ दक्षिण एसियासमेत हेर्नुपर्ने ती संवाददाताको विषय आपराधिक पृष्ठभूमि र धार्मिक मामिलासँग जोडिँदा दक्षिण एसियालाई हेर्ने न्यूयोर्क टाइम्सको दृष्टिकोण कुन तहको छ भन्ने कुरा छर्लंग पारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ