arrow

सिराहाको नापी कार्यालयमै मदिरा पार्टी !

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ असार २७ आइतबार
siraha-napi-madira.jpg

जनकपुरधाम  । सिराहाको लहानमा रहेको नापी कार्यालयभित्रै कार्यालय प्रमुखले मदिरा पार्टी दिएका छन् । नापी कार्यालय लहानका कार्यालय प्रमुख सञ्जय सिंहसहित अन्य कर्मचारीहरूले कार्यालयभित्रै मदिरा पार्टी गरेका हुन् ।
 
आषाढ मसान्तको अन्तिम भन्दै पार्टी (भोजभतेर) गरेको भनेर केहीले फेसबुकमा मदिरा खाँदै गरेको तस्बिरहरू सार्वजनिक गरेसँगै कार्यालयमै मदिरा पार्टी र डिजे डान्सको कुरा खुलेको हो । कार्यालय प्रमुख सिंहले शनिवार कार्यालयभित्रै मदिरा पार्टी दिएका थिए । 

सरकारी कार्यालयभित्र यस्ता क्रियाकलाप गरे कारबाही हुने प्रावधान रहेको छ । कार्यालय प्रमुखले नै कार्यालयमै मदिरा पार्टी दिएको तस्बिर सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ  ।

No description available.

जानकारी अनुसार, कार्यालय प्रमुख सिंहको बिदाइ कार्यक्रम समेत रहेको भन्दै कार्यालयभित्रै मदिरा पार्टी दिएका थिए । कार्यालयभित्रै दुई टेबललाई जोडेर ग्रिन सिग्नेचर रक्सीको बोतल सहित ग्लासमा मदिरा राखेर उनी देखिएका छन् ।

सोही कार्यालयमा कार्यरत कर्मचारी सरोज कुमार मण्डलले राखेको तस्बिरहरूमा कार्यालयभित्रको नेमप्लेट समेत देखिएको छ । कार्यालयभित्रै मदिरा पार्टीको तस्बिर सार्वजनिक भएको केही घण्टामै सरोज मण्डलले सो तस्बिरहरू हटाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ