arrow

साँझ सुत्दा के हुन्छ ? 

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७८ साउन १ शुक्रबार
sleep-.jpg

सबै सुखदायक निद्रा प्राप्त गर्ने चाहन्छन् । हामी उठेपछि हाम्रो शरीर पूर्णतः ऊर्जा वान भएको अनुभव गर्ने चाहन्छौँ । आनन्द दायक निन्द्रा कसरी प्राप्त गर्ने-यस सम्बन्धमा विभिन्न पक्षहरू मध्ये एउटा पक्ष हो सुत्न जाने समय । धेरै व्यक्तिहरू कार्यालय समाप्त भएपछि आफ्नो घर आएर सुत्ने बानी हुन्छन् । प्रस्तुत लेखमा साँझमा सुत्नाले वास्तवमा सूक्ष्म स्तरमा के घट्दछ जसले गर्दा हामी सुखदायक निद्रा प्राप्त गर्नको उचित निर्णय लिन सक्छौँ त्यसको व्याख्या गर्नेछौँ ।

पहिला हामीले यो बुझ्नु पर्छ-आध्यात्मिक दृष्टिकोणले, निन्द्रा मूलतः तमोगुणसँग सम्बन्धित अवस्था हो । यसको अर्थ हो, सुत्दा हाम्रो शरीरमा सूक्ष्म आधारभूत तमोगुण बढ्दछ । यो मात्रै होइन, निन्द्राको अवस्थामा साधना सबै भन्दा कम हुने हुँदा निदाउँदा हामी आध्यात्मिक तवरमा सबैभन्दा कमजोर हुन्छौँ । परिणामस्वरूप, निन्द्राको अवस्थामा हामी मूल रज-तम गुणको आध्यात्मिक प्रदूषण एवं भूतहरू (प्रेत, पिशाच, नकारात्मक ऊर्जा इत्यादि ) को आक्रमण प्रति अति संवेदनशील हुन्छौँ ।

हामी सुत्दा के हुन्छ ? 
जब हामी सुत्छौँ : हामी चेतन अवस्था बाट निष्क्रिय अवस्थामा जान्छौँ । यस कारण, हाम्रो शरीरको आन्तरिक स्थान अर्थात् शरीर भित्रको दुई अङ्गहरूको बिचको स्थानको एवं शरीरको सञ्चार प्रणाली तथा कोशिकाको क्षमता अत्यन्त घट्दछ । निद्राको अवस्थामा हाम्रो शरीर भित्र उपप्राण प्रवाहित हुन्छन् जसको कारण आन्तरिक मलोत्सर्गिक वायु (ग्यास) सक्रिय हुन्छ र तलको दिशातर्फ बढ्न आरम्भ गर्दछ । तलको दिशामा भइरहेको यस प्रवाहको प्रभावबाट, पातालबाट प्रक्षेपित हुने कष्टदायक स्पन्दन निदाइरहेको व्यक्तितर्फ आकर्षित हुन्छ ।

साँझको वातावरणमा रज-तम कणको संवेग दिनको अन्य समयको तुलनामा अधिक हुन्छ । पातालको अनिष्ट शक्ति रज-तम कणको गतिको उपयोग गरेर सहजताले वातावरणमा प्रवेश गर्दछन् । आध्यात्मिक दृष्टिले प्रदूषित वातावरणको प्रभावले, रज-तम तरंगहरु व्यक्तिको स्थूल शरीरदेखि उसको प्राण देहमा कम समयमा स्थानान्तर हुन्छ ।

यसको फलस्वरूप, व्यक्ति कष्टबाट पीडित हुन सक्छ ।डरलाग्दो सपना, चकित भएर उठ्नु, शरीरमा कम्पन, विद्युत्को झटका समान संवेदना, भूतहरूद्वारा नियन्त्रित हुनु, यस प्रकार, साँझको एक छिनको निद्राले शारीरिक स्तरमा हाम्रो शरीरलाई विश्राम मिल्दछ, तर आध्यात्मिक स्तरमा अत्यधिक हानि हुन्छ । यो शास्त्रबाट हामी अनभिज्ञ छौँ, त्यसैले हामी प्रभावित भएको अनुभव गर्न सक्दैनौँ, न त हामी माथि उल्लेखित कष्टहरूको कारण बुझ्न सक्छौँ।

सारांशमा
अतः आध्यात्मिक परिप्रेक्ष्यबाट, साँझको समय रज-तम तत्त्वको मात्रा अधिक हुन्छ, त्यसैले हामी निद्रा जस्तो कुनै पनि तामसिक गतिविधिमा लि\प्त हुनु हुँदैन ।

इमेल : hjsnepal@gmail.com

वेवसाइट:  स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ