arrow

भगवान्‌को दुई अवतार

तत्त्व ज्ञानको महत्त्व

logo
ज्ञान,
प्रकाशित २०७८ साउन ४ सोमबार
krishna-virat-roop.jpeg

भगवान्‌को दुई अवतार मानिएका छन्, एक निमित्त अवतार जस्तै रावण र कंसलाई मार्नको लागि भयो अनि अर्को नित्य अवतार । सन्त-महापुरुष, जो बीज रूपमा नित्य संसारमा विचरण गर्दछन् अनि भूलेभटकेका जीवहरूलाई ज्ञान दिन्छन् । यदि सन्तहरू संसारमा नहुनु हो भने ज्ञानको अभाव हुनेछ ।

निमित्त अवतारले त दुष्टहरूलाई मार्छन्, तर साँचो भलाई त सन्तहरूबाटै हुन्छ, जसले ज्ञान दिएर मनुष्यको संस्कारहरू बदली दिन्छन् अनि सदाको निम्ति जन्म-मरणको बन्धनबाट मुक्त गराइदिन्छन् । गीता अध्याय ४, श्लोक ११ मा भनेको छ-

'से यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम्।
मम यानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः।।

किनभने हे अर्जुन! जसले मलाई जसरी भज्छ, म पनि उसलाई उस्तै गरी भज्छु, यो रहस्यलाई जानेर नै बुद्धिमान मनुष्य सबै प्रकारले मेरा मार्गको अनुसार आचरण गर्दछन् । भय र क्रोध रहित भएर अनन्य भावले मेरो शरणमा आएर अर्थात् अनन्य भावले मेरो स्मरण गर्ने धेरै मनुष्य ज्ञान रुपी अग्निले पवित्र भएर मलाई प्राप्त हुन्छन् । जसले मलाई जसरी भज्छ, म पनि उसलाई उस्तै गरी भज्छु अनि जसले मलाइ आफूदेखि टाढा सम्झन्छ, उसको लागि म अत्यन्त टाढा छु, तर जसले मलाई आफ्नो हृदयमा भएको सम्झन्छ, उसको म सदा साथमा रहन्छु । जसले यो कुरा बुझ्छ उसको फेरि यो संसार चक्रमा जन्म हुँदैन । जसले इच्छाहरूको पूर्तिका लागि देवताहरूको पूजा गर्छन्, उनीहरूलाई फल त मिल्छ, तर मलाई पाउँदैनन् अनि सधैँ चौरासीमा घुमिरहन्छन् । यस कारण हे अर्जुन! तिमीले सदा सबै प्रकारले मलाई प्राप्त गर्न मेरो भजन-स्मरण गर, किनभने मलाई चाहने जिज्ञासुहरूले मलाई तत्त्वद्वारा जान्नु अनि मलाई पाउनको लागि मेरै निम्ति कर्म गरेका छन् ।

हे अर्जुन! मैले यो सनातन, अविनाशी ज्ञान कल्पको आदिमा सूर्यलाई दिएको थिएँ अनि सूर्य ले आफ्नो पुत्र मनुलाई अनि मनुले आफ्नो पुत्र इक्ष्वाकुलाई दिएका थिए। यस परम्पराद्वारा प्राप्त यस योगलाई ऋषिहरूले जाने, यस कारण यो योगको नाम राज-योग बस्यो। तर त्यो पुरातन योग अब संसारमा प्राय: लोप भइसकेको छ।'
 जन्म कर्म च में दिव्यमेवं यो वेत्ति तत्त्वतः ।
 त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोऽर्जुन ।।

हे अर्जुन! म अजन्मा भएर पनि जन्म लिन्छु, अकर्ता भएर पनि जन्म लिएर कर्म गर्छ । तर मेरो यो जन्म र मेरो सबै कर्म दिव्य तथा अलौकिक हुन्छन् । जसले मलाई तत्त्व द्वारा जान्दछ, उसको संसारमा फेरि जन्म हुँदैन, उसले मलाई नै प्राप्त गर्दछ। किनभने मेरो स्वरूपलाई जान्ने मनुष्य संसारमा कर्म गरेर पनि कर्मको फलदेखि मुक्त रहन्छ।' 

गीता अध्याय ४, श्लोक १६ मा भनेको छ-
किं कर्म किमकर्मति कवयोऽप्यत्र मोहिताः।
तत्ते कर्म प्रवक्ष्यामि यज्ज्ञात्वा मोक्ष्यसेऽशुभात् ।।

तर कर्म के हो अनि अकर्म के हो? यस विषयमा बुद्धिमान पुरुषहरू पनि भ्रमित छन्, यसै कारण म त्यो कर्म अर्थात् कर्मको तत्त्व तिमीलाई राम्ररी सम्झाउने छु, जसलाई जानेर तिमी अशुभ अर्थात् संसारको बन्धनबाट मुक्त हुनेछौ।

भन्नको तात्पर्य यो हो कि कर्म के हो अनि अकर्म के हो? यस विषयमा ठुला-ठुला बुद्धिमानहरूको बुद्धि पनि चर्काइरहेको छ । जुन कर्मद्वारा जीवले मोह-बन्धनबाट छूटन्छ, उसले त्यो कर्मलाई जान्दैन, जबकि उनीहरू आफ्ना तर्फबाट त निष्काम कर्म नै गरिरहेका हुन्छन् । यस कारण हे अर्जुन! म तिमीलाई त्यो कर्म बताउने छु, जसलाई जानेर तिमी अशुभ अर्थात् पाप र संसारको बन्धनबाट सहजै छुट्ने छौ । भगवान्‌ कृष्ण गीता अध्याय ४ कै श्लोक १७ र १८ मा भन्नुहुन्छ-

कर्मणो ह्यपि बोद्धव्यं बोद्धव्यं च विकर्मणः।
अकर्मणश्च बोद्धव्यं गहना कर्मणो गतिः।।
कर्मण्यकर्म यः पश्येदकर्मणि च कर्म यः।
स बुद्धिमान्मनुष्येषु स युक्तः कृत्स्नकर्मकृत् ।।

अर्थात् कर्मको स्वरूप पनि जान्नु पर्दछ अनि अकर्मको स्वरूपलाई पनि जान्नु पर्दछ साथै निषिद्ध कर्मका स्वरूपलाई पनि जान्नु पर्दछ, किनभने कर्मको गति गहन छ।

जुन पुरुषले कर्ममा अर्थात् अहङ्कार रहित भएर गरेको सम्पूर्ण चेष्टाहरूमा (कर्महरूमा) अकर्म अर्थात् वास्तवमा आफूलाई अकर्ता देख्छ अनि जुन पुरुषले अकर्ममा अर्थात् अज्ञानी पुरुषले गरेको सम्पूर्ण कर्महरूको त्यागमा पनि कर्मलाई अर्थात् त्याग रूप कर्मलाई देख्छ, त्यो पुरुष मनुष्यहरूमा बुद्धिमान हो अनि त्यही योगी सम्पूर्ण कर्महरूको कर्ता हो।

भन्नुको भावार्थ यो हो कि कर्मको बोध अर्थात् ज्ञान पनि हुन पर्छ, अकर्मको पनि ज्ञान हुन पर्छ अनि विकर्मको अर्थात् निषेध कर्मको पनि ज्ञान हुन पर्छ । किनभने कर्मको गति अति गहन छ। जसले कर्ममा अकर्म अनि अकर्ममा कर्म देख्छ, त्यही मनुष्य वास्तवमा कर्मको रहस्यलाई जान्ने हो। 

गीता अध्याय ४ को श्लोक १९मा भगवान्‌ कृष्ण फेरि भन्नुहुन्छ-
यस्य सर्वे समारम्भा: कासंकल्पवर्जिताः।
 ज्ञानाग्निदग्धकर्माणं तमाहुः पण्डित बुधाः।।

अर्थात् जसको सम्पूर्ण कार्य कामना तथा सङ्कल्प रहित छन्, यस्ता त्यो ज्ञान रूप अग्नि द्वारा भस्म भएको कवाला पुरुषलाई ज्ञानी जनले पनि पण्डित भन्छन् ।

 हुन त संसारको सबै प्राणी गुण र प्रकृति अनुसार कर्ममा लागेका छन्, तर अहङ्कारी पुरुषले आफूलाई कर्ता ठानेर म गर्नेवाला हुँ भनेर सम्झन्छन्, यसै कारण कर्म-फलमा बाँधिन्छ, तर ज्ञानी पुरुषले आत्मालाई साक्षी, प्रकृतिलाई कर्ता सम्झन्छ। जसले आत्मालाई नजानेर केवल शरीर अर्थात् इन्द्रियहरूको लागि कर्म गर्दछन्, उनीहरूलाई पापी र अधर्म कहलाइन्छन् । भावार्थ यो हो कि जुन पुरुषलाई कर्महरूको सम्बन्धमा  चिन्ता वा दुःख हुँदैन, कर्महरूको फलमा आशक्ति पनि हुँदैन अनि जसको सर्वे कर्म सङ्कल्प रहित हुन्छन्, सबै कर्महरूलाई  ज्ञान रूपी अग्निमा आहुति दिएर निश्चिन्त भई भगवान्‌को  चिन्तन गर्छ, उसैलाई कर्मयोगी सम्झनु पर्छ ।

त्यो कर्मयोगी देह भावलाई त्यागेर आत्माको परम आनन्दमा तृप्त भई कर्महरूको राम्रा नराम्रो फलको अभिमानलाई त्याग्नाले कर्म गर्दै पनि अकर्ता हो। किनभने जब मनुष्यले मन र इन्द्रियहरूद्वारा भोगहरूको कामनालाई सम्पूर्ण रूपले त्याग्छ अनि निरन्तर मनले भगवान्‌को याद गर्छ, तब त्यो मनुष्यको सबै कर्म निष्काम हुन्छन्, तर जसले मनले विषयहरूको चिन्तन गर्दै कर्महरूलाई  त्याग्छ वा जनता-जनार्दनको सेवाको झूटो अभिमान गरेर कर्म गर्छ, उसको सबै कर्म कामनाहरूले परिपूर्ण अनि जीवलाई बन्धनमा पर्ने हुन्छन् ।



नयाँ