arrow

सिराहामा बस पल्टिँदा एकको मृत्यु , १५ जना घाइते

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ साउन ५ मंगलबार
accident-final_1618120153.jpg

जनकपुरधाम । सिराहामा यात्रुवाहक बस पल्टिँदा एक जनाको मृत्यु भएको छ, भने १५ जना घाइते भएका छन् । मङ्गलवार जनकपुरधामबाट गइरहेको बस  सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ सन्तनगरमा पल्टिएको हो ।

दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने करिब १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ। पूर्वपश्चिम राजमार्गमै रहेको सिराहाको जिरोमाईलबाट सीमावर्ती क्षेत्र बरियारपट्टि तर्फ गइरहेको बा २ ख ७१९० नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाउ।

प्रहरीका  अनुसार बसमा २५ देखि ३० जना यात्रुहरु सबार रहेकोमा करिब १५ जना घाइते भएको छ। घाइतेहरूको उपचार स्थानीय आरके मेडिसिटि हस्पिटलमा उपचार भइरहेको छ । मृतको सनाखत भने हुन सकेको छैनन् । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।

सडकदेखि तल खेतमा पल्टिएको बसलाई जेसिबीको सहाराले सडकमा ल्याउने काम भइरहेको प्रहरीले बताएको छ । प्रहरीले अनुसन्धान थालेको छ भने मृतकको नाम खुलेको छैन । घाइते सबै जनाको अवस्था सामान्य रहेको स्थानीयहरूलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ