arrow

ईदका दिन डुडुवा खोलामा पौडी खेल्दा डुबेर तीन युवाको मृत्यु

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ साउन ७ बिहिबार
died-drawn.jpg

नेपालगन्ज । डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेका तीन जना युवा मृत अवस्थामा भेटिएका छन् । बाँकेको कोहलपुर १० मा रहेको डुडुवा खोला (बन्दा) मा पौडी खेल्ने क्रममा डुबेका तीनै जना नेपालगन्जका युवा हुन् । 

बुधबार  दिउँसो पौडी खेल्ने क्रममा डुबेका नेपालगन्ज उपमहानगरपालिका ११ का १८ वर्षीय राशिद जसगढ, सोही ठाउँका १८ वर्षीय अरमान जसगढ र १६ वर्षीय आरिफ जसगढको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिए ।

पौडी खेल्ने क्रममा डुबेका उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएकोमा केही समयको खोजीपछि खोलाबाट शव निकालिएको थियो । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिए ।

मुस्लिमहरुको पर्व बकर र्ईदकै दिन यस्तो दुःखद घटना भएकोमा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र नेपालगन्ज ४ का अध्यक्ष मो. सफिक बेहनाले दुःख ब्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ