- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गङ्गाले शन्तनु पुत्र लगेको केही वर्ष बित्यो । त्यसपछि आफ्नो वाचा अनुसार, एक दिन गङ्गाले शन्तनुलाई उही ठाउँमा भेटिन् जहाँ उनीहरू दुवै छुट्टिएका थिए ।
उनले आफ्नो छोरा शन्तनुलाई दिइन् जो अहिले एक बहादुर र सुन्दर युवक भइसकेका थिए । उनले पुत्र दिँदै भनिन्, "महाराज, मैले गरेको प्रतिज्ञा पूरा गरेँ। अब तपाईँको छोरा तपाईँसँग रहन पूर्ण रूपमा तयार छ। ऋषि वशिष्ठको रेखदेखमा उसले सबै वेदहरूको अध्ययन गरेको छ। अब यो यस्तो महान् योद्धा बनेको छ, जसमा बौद्धिक र आध्यात्मिक दुवै गुणहरू छन्। मैले यसको नाम देव व्रत राखेको छु , यद्यपि म भविष्यमा यसैको साथ रहने छैन, तर मेरा आशीर्वादहरू सदैव यसका साथ हुनेछन्," गङ्गा यति भनेर अन्तर्ध्यान भइन् ।
यस प्रकार देव व्रत आफ्नो बुबाकहाँ फर्किएको चार वर्ष बित्यो । एक दिन शन्तानू सिकारमा गए। जाँदा जाँदै उनी घना जङ्गलमा एक नदीमा पुगे । उनी धेरै घण्टाको घोडा सवारी र सिकारको कारण थकित थिए र आराम गर्न चाहन्थे, त्यस कारण उसले आफ्नो सेवकलाई आफ्नो घोडा र अरू सामानहरू लिएर दरबारमा फर्कन भने। तब उनले डुङ्गाबाट यात्रा गर्ने निर्णय गरे।
अहिले, राजा शन्तनु नदीको छेउमा उभिरहेका एक डुङ्गाको खोजीमा थिए । तब उनको नजर रूखहरूको बिचमा उभिरहेकी एक आकर्षक युवतीमा पर्यो । उनी अनायास उनीप्रति आकर्षित भए। "ए सुन्दरी, तिमी को हो र यो घना जङ्गलमा एक्लै के गर्दै छौ ?" शन्तनुले युवतीलाई सोधे।
“हे राजन, मेरो नाम सत्यवती हो र म एक माझीकी छोरी हुँ। "म डुङ्गामा मान्छेहरूलाई यस नदीमा पार गर्न मेरो बुबालाई मद्दत गर्छु।" ती युवतीले मधुर वाणीमा जवाफ दिइन् । राजा शन्तनु ती आकर्षक युवतीको सौन्दर्यले यति मोहित भए कि उनले उनीसँग बिहे गर्ने निर्णय गरे। यो कुरा सोच्दै उनी सत्यवतीका बाबु कहाँ गए र शिष्ट स्वरमा भने, "हजुर, यदि तपाईँले अनुमति दिनुहुन्छ भने म तपाई कि छोरी सत्यवतीसँग बिहे गर्न चाहन्छु।" सत्यवतीका बुबाले राजा शन्तनुलाई चिन्दै भने, "हे राजन, मेरी छोरी सत्यवतीमा तपाईँको रानी बन्ने सबै गुणहरू विद्यमान छन्।" मलाई तपाईँको प्रस्ताव स्वीकार छ । तर मेरो एक सर्त छ कि तपाईँको उत्तराधिकारी यसबाट जन्मने सन्तान नै बन्नेछ। ”
राजा शन्तनुले सत्यवतीका बाबुको यस सर्तलाई अस्वीकार गरे र दुःखी मन बनाएर दरबारमा फर्किए। त्यसपश्चात् शन्तनु प्राय: धेरै दुखी रहन थाले। राजकुमार देव व्रतले बुबाको यस्तो अवस्था देख्न सकेनन् । उनले शन्तनुलाई सोधे, "पिता श्री, तपाई किन यति उदास र दुखी हुनुहुन्छ? मलाई तपाईँको शोकको कारण बताउनुहोस् ताकि म यसबाट मुक्ति पाउन केही गर्न सकूँ। " "पुत्र, मलाई मेरो राज्यको भविष्यको चिन्ता दिन रात भइरहेको छ । तिमि मेरो एक मात्र पुत्र हौ । भगवान् नचाहुन्, यदि तिमिलाई केही भयो भने, मपछि, हाम्रो शासनको अन्त निश्चित छ। "
त्यसपश्चात् शन्तनु प्राय: धेरै दुखी रहन थाले।राजकुमार देव व्रतले आफ्ना बुबाको यस्तो अवस्था हेरि रहन सकेनन् । उनले शन्तनुलाई सोधे, "पिता श्री, तपाई यति उदास र दुखी हुनुहुन्छ?" मलाई तपाईँको शोकको कारण बताउनुहोस् ताकि म यसबाट मुक्ति पाउन केही गर्न सकूँ। " "पुत्र, मलाई आफ्नो राज्यको भविष्यको चिन्ताले रात दिन सताइ रहेको छ । तिमि मेरो एक मात्र पुत्र हौ । भगवान् नचाहुन् , यदि तिमिलाई केही भयो भने, मपछि, हाम्रो शासनको अन्त निश्चित छ। "
देव व्रत एकदम समझदार थिए त्यसैले उनले तुरुन्तै बुझे कि उनका बुबा फेरि बिहे गर्न चाहन्छन्। यस मामिलामा उनले राज्यका सबैभन्दा वृद्ध मन्त्रीसँग परामर्श गर्नु उचित सम्झिए, जो राजाको साथी पनि थिए। मन्त्रीले देव व्रतलाई भने कि शन्तनु सुन्दर महिलासँग बिहे गर्न चाहन्छन्। तर यस विवाहमा ती युवतीका बुबाको एक सर्त रहेको छ ।
सम्पूर्ण वृत्तान्त थाहा पाएपछि देव व्रत मछुवाराको घरमा गए र उनलाई यसबारे विस्तृत प्रश्न गरे र उनको सर्त बारे पनि सोधे। मछुवाराको सर्त सुनेर देव व्रत उठे र आफ्नो हात आकाशतिर उठाए र भने, "म भगवान् र मेरा पुर्खाहरूसामु प्रतिज्ञा गर्छु कि म आफ्नो जीवनभर विवाह गर्ने छैन।"
माछावारा देव व्रतको यस प्रतिज्ञाबाट सन्तुष्ट भए। यसरी शन्तनु र सत्यवतीको विवाह सम्पन्न भयो।
यो पनि पढ्नुस् :