arrow

मन रोक्ने एक उपाय

logo
ज्ञान,
प्रकाशित २०७८ साउन ११ सोमबार
shree-krishna-arjuns.jpg

काठमाडौँ।  भगवान् कृष्ण भन्नुहुन्छ, वेद पढ्नाले, यज्ञ-हवन गर्नाले, दान-पुण्य गर्नाले या उग्र तप गर्नाले मेरो ज्ञान हुँदैन । फेरि ज्ञान कसरी हुन्छ? अगाडि सम्झाउनु हुन्छ, अनन्य भक्तिद्वारा मेरो ज्ञान हुन्छ ।

त्यो भक्ति कहाँ मिल्छ? त्यसको लागि गीता अध्याय ४ को श्लोक ३४ मा सम्झाउनु भएको छ कि तत्त्वदर्शी महापुरुषको पासमा जाऊ, उनलाई दण्डवत्-प्रणाम गर, उनको सेवा गर अनि छल-कपट त्यागेर निष्कपट भावले उनलाई सोध, तब उनले तिमीलाई त्यो तत्त्वको उपदेश दिने छन् ।

के उपदेश दिने छन् ? गीता अध्याय ११ को श्लोक ८ मा बताएको छ कि दिव्य नेत्र या ज्ञान नेत्रको उपदेश तिमीलाई दिनेछन्। त्यो नेत्रद्वारा हजारौँ सूर्यले पनि जसको बराबरी गर्न सक्तैन, त्यो प्रकाश तिमीले देख्ने छौ अनि बार-बार त्यसमा आफ्नो मनलाई जोड्यौ भने के हुने छ ? त्यसको बारेमा गीता अध्याय १५ को श्लोक ६ मा लेखेको छ कि जहाँ सूर्य, चन्द्रमा र अग्निको प्रकाश छैन अपितु स्वयं प्रकाश छ अनि जहाँ पुगेर जीव फेरि जन्म-मरणको चक्रमा फर्केर आउँदैन। त्यो नफर्कने मेरो विश्वासलाई अझ दृढ बनाउनका लागि भइरहेका गतिलाई तिमीले प्राप्त गर्ने छौ। यो गीताको मत हो ।

मन एक त रोकिन्छ साधनले अनि साधनले रोकिएन भने गुरुको वचनले रोकिन्छ । वेद-शास्त्रहरूले मनलाई रोक्न सक्तैन । कबीरले भनेका छन्- जब हामी हिंडदा-डुल्दा, सुत्दा-जाग्दा, नुहाउँदा-धुँदा हर समय नामको सुमिरण गर्दछौँ, भने फेरि कसलाई सलाम गर्ने? अर्को को छ यस संसारमा?

नामको बारेमा छत्रपति शिवाजीका गुरु समर्थ रामदासजीले ग्रन्थ दास बोधमा भनेका छन्,' नामलाई तिमीले हृदयमा दह्रो गरेर पक्रियौ भने नामी आफै आउने छ। जसको नाम  पुकार्नेछौ, उसले आफैँ हजुर भन्ने छ। एक-दुई पटक नाम लिँदा आउँदैन, तर जब रामसिंह-रामसिंह भनिरह्यौ भने उसले पनि ज्यू-हजुर अवश्य भन्ने छ । ऊ आफै आउने छ जब तिमीले नाम जप्ने छौ । जब नाम हृदयमा छ भने नामी पनि हृदयमा नै छ ।'



नयाँ