arrow

अझै घटेन ब्रजिलमा संक्रमणबाट मृत्यु हुनेको संख्या

logo
सिन्ह्वा,
प्रकाशित २०७८ साउन १४ बिहिबार
corona-brazil2_1617869997_1617961875.jpg

साओ पाओलो । ब्रजिलमा कोभिड १९ बाट हुने मृत्यु अझै पनि घट्न सकेको छैन । यहाँका अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । कोभिड १९ बाट धेरै प्रभावित देशहरुको सूचीमा रहेको ब्रजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार ३४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ब्रजिलमा बुधबार मात्र पछिल्लो २४ घण्टा एक हजार ३४४ जनाको ज्यान गएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । यो समेतगरी यहाँ यस संक्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ५३ हजार १७९ पुगेको छ ।यहाँका अधिकारीहरुले बुधबार यसअघिका दिनहरुको तुलनामा धेरै नागरिकको कोभिड-१९ संक्रमणबाट निधन भएको बताएका छन् ।

त्यसैगरी कोभिडबाट संक्रमित हुनेको संख्या पनि गएको २४ घण्टामा करिब ४८ हजार भन्दा बढी रहेको छ । यो समेत गरी ब्रजिलमा कोभिडबाट संक्रमित हुने नागरिकको संख्या १ करोड ९७ लाख भन्दा बढी रहेको पनि ब्रजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्रजिलमा दुई महिनाअघि कोभिड-१९ का संक्रमितहरु घटेको भएपनि पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ ।

सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकलाई खोप दिने गरेको छ । ब्रजिल सरकारले खोप दिने कामलाई देशव्यापी अभियानको रुपमा सञ्चालन गरेको छ । ब्रजिलको साओ पाओलो शहर सबैभन्दा बढी संक्रमणमा परेको शहर हो । ब्रजिलमा हरेक एक लाख जना संक्रमितहरुमा २५८ जनाको निधन भएको तथ्यांकले देखाएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ