arrow

दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई मेगा बैङ्कबाट ७ लाख रुपैयाँ हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
mega-cheque-handover.jpg

काठमाडौँ। दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैङ्क नेपाल लिमिटेडले बिमा बापत सात लाख रुपैयाँ प्रदान गरेको छ। मेगा बैङ्कमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैङ्कले सोही खातामा भएको योजना बमोजिम बिमा बापत सात लाख रुपैयाँ हस्तान्तरण गरेको हो।

मेगा बैङ्क इटहरी शाखाका प्रबन्धक शिकन्दर थापाले स्वर्गीय ग्राहक हिमालयकी धर्मपत्नी ममिता गुरुङलाई बिमा बापतको रकम हस्तान्तरण गरे। सङ्खुवासभा स्थायी घर भएका गुरुङको २०७७ मङ्सिर १ गते काठमाडौँको बालाजुमा दुर्घटनामा निधन भएको थियो।

न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैङ्कले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बिमा गरिदिएको छ। ग्राहक र उनीहरूका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट सहायता मिलोस् भनेर बैङ्कले ग्राहकहरूलाई यो योजना ल्याएको बैङ्कका प्रमुख सूचना अधिकारीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ