arrow

लुम्बिनीका प्रदेश प्रमुख : आउनेलाई सचिवद्वारा स्वागत, जानेलाई मुख्यमन्त्रीद्वारा बिदाइ 

प्रदेश प्रमुख शेरचनको स्वागतमा पुगेनन् मुख्यमन्त्री पोख्रेल

logo
नारायण वली,
प्रकाशित २०७८ साउन १५ शुक्रबार
pradesh-5-serchan1.jpg

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनको शुक्रवार कार्यालय सचिव चिरञ्जीवी पौडेलले स्वागत गरेका छन्। राजनीतिक उच्च तहका प्रमुखलाई स्वागत तथा बिदाइ सँगै स्वागत गर्ने प्रचलन विश्वका कयौँ देशमा रहेको छ । 

तर, शुक्रवार लुम्बिनी प्रदेशमा फरक दृश्य देखाइयो । दृश्य थियो,  नवनियुक्त प्रदेश प्रमुख शेरचनको स्वागत र बिदा भएर गएका प्रदेश प्रमुख धर्मनाथ यादवको बिदाइमा भेदभाव पूर्ण दृश्य देखिएको हो ।  

दुई दिन अघि बिदा भएर गएका प्रदेश प्रमुख यादवलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेल र अन्य मन्त्रीहरू समेत पुगेर  बिदाइ गरे भने दुई दिनपछि प्रदेश प्रमुखको कार्यभार सम्हाल्न आएका नयाँ प्रदेश प्रमुख शेरचनको स्वागतमा मुख्यमन्त्री, मन्त्रीहरू कोही नपुगेपछि अन्ततः प्रदेश प्रमुख शेचनलाई प्रदेश प्रमुख कार्यालयका सचिव चिरञ्जीवी पौडेलले स्वागत गरे । 

नवनियुक्त प्रदेश प्रमुखको स्वागतका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सरकारी स्तरका कुनै पनि  प्रतिनिधिहरू गएका थिएनन् । नवनियुक्त प्रदेश प्रमुखलाई स्वागत गर्नका निम्ति विमानस्थलमा माओवादी केन्द्रका नेता काराकर्ताहरू र प्रमुख जिल्ला अधिकारी रुपन्देहीका आशमान तामाङले स्वागत गरेका हुन् । 

प्रदेश प्रमुखको रूपमा लिइने उच्च ओहोदाका प्रदेश प्रमुखलाई  कसैलाई काख र कसैलाई पाखा गरेको देख्दा राजनीतिक दृष्टिकोणमा प्रदेश सरकारले संरक्षकको रूपमा रहेको प्रदेश प्रमुखको कार्यालयलाई दलीय संस्थाको लिएको र जसका कारण  बिदाइ र स्वागतमा भिन्नता देखाएको भन्दै चर्को टिका टिप्पणी हुन थालेको छ ।  

मुख्यमन्त्री कार्यालयका सचिव खगेन्द्र सुवेदीलाई नवनियुक्त प्रदेश प्रमुख आउँदै गरेको जानकारी गराए पनि तर, बेखबर जस्तै भएर उपस्थित नभएको प्रदेश प्रमुखको कार्यालयले बताएको छ ।  

नवनियुक्त प्रदेश प्रमुख शेरचन लुम्बिनी प्रदेशका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली काँग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी धर्मनाथ यादवलाई नियुक्त गरेको थियो । 

गत मङ्गलवार सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई नियुक्त गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ