arrow

मेगा बैङ्कको एकै दिन ६ वटा नयाँ शाखा विस्तार, थप १० वटा शाखाहरू विस्तारको क्रममा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १६ शनिबार
mega-bank-bank-limited-logo.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले शुक्रवार एकै दिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ। बैङ्कले प्रदेश नम्बर १ मा एउटा, बागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरू विस्तार गरेको हो।

प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा बैङ्कले नयाँ शाखा खोलेको छ। बागमती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा, चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा पनि बैङ्कले नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ।

त्यसै गरी लुम्बिनी प्रदेशमा बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १ एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैङ्कले जनाएको छ। यी शाखाहरूबाट बैङ्किङ कारोबारको प्रारम्भ शुक्रवारबाटै भएको बैङ्कका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए।

यो सँगै अब मेगा बैङ्कको शाखा सङ्ख्या १ सय ८४ पुगेको छ। निकट भविष्यमै थप १० वटा नयाँ शाखाहरू सञ्चालनमा आउने तयारी भइरहेको बैङ्कले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ