arrow

संक्रमणबाट झापामा चार जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
jhapa.jpg

झापा । कोरोना भाइरस सङ्क्रमणबाट दमकका दुईसहित झापामा सोमवार एकै दिन चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक- १ का ६३ वर्षीय पुरुष र दमक- ७ का ५० वर्षीय पुरुष रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्र बेलडाँगी व्यवस्थापन समितिकी सदस्य सचिव देवी दंगालका अनुसार मृतक दुवैको दमकस्थित एडभान्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसै गरी शिवसताक्षीका दुई जना सङ्क्रमितको मृत्यु भएको नगरस्थित स्वास्थ्य शाखाले जनाएको छ । शिवसताक्षी नगरपालिका वडा नं। ११ दूधे निवासी ४३ वर्षीय महिला खनाल र शिवसताक्षी -६ शिवगञ्जका ६० वर्षीय अधिकारी थरका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । 

ती दुवैको बिर्तामोडस्थित बिर्ता सिटी र विराटनगरमा उपचारका क्रममा मृत्यु भएको नगरका कोभिड फोकल पर्सन रोशन अधिकारीले जानकारी दिए ।

यससँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ६३ पुगेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।



नयाँ