arrow

ओलम्पिक पदक : चीनको अग्रता, अमेरिका पछ्याउँदै र बेलायतको सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
Tokyo-olympic-2020.jpg

काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा पदक दौडमा चीनको अग्रता जारी रहेको छ। चीन ३२ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। चीनलाई अमेरिका र जापानले पछ्याइरहेका छन्।

अहिलेसम्म चीनले कुल ६९ पदक हासिल गरेको छ। उसले २२ रजत र १६ कांस्य पदक जितिसकेको छ। दोस्रो स्थानमा रहो अमेरिकाको २५ स्वर्ण रहेको छ। उसले ३१ रजत र २३ कांस्य हात पारेको छ। तेस्रो स्थानमा रहेको आयोजक जापानले २१ स्वर्ण ७ रजत र १२ कांस्य जितेको छ।

चौथो स्थानमा रहेको बेलायतले १५ स्वर्ण, १८ रजत र १५ कांस्य पदक रहेको छ भने पाँचौँ स्थानमा रहेको अष्ट्रेलियाको १५ स्वर्ण ४ रजत र १७ कांस्य रहेको छ। त्यसैगरि आरओसी १४ स्वर्ण, २१ रजत र १८ कांस्यसहित छैटौँ स्थानमा रहेको छ।

मंगलवारसम्म बेलायत छैठौं स्थानमा रहेको थियो र एकदिनमा उसले दुई स्थान फड्को मार्दै चौथो स्थानमा पुगेको हो।

सातौं स्थानमा जर्मनी ९ स्वर्ण ८ रजत र १६ कांस्य सहित रहेको छ। फ्रान्स, इटली र नेदरल्याण्ड्स  ६-६ स्वर्ण सहित क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा रहेका छन्। 

टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८५ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ