arrow

टोकियो ओलम्पिकको फुटबलमा मेक्सिकोलाई कांस्य, जापान पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
tokyo-olympic-football-bron.JPG

काठमाडौं । जापानमा जारी ‘टोकियो ओलम्पिक –२०२०’ अन्तर्गत पुरुष फुटबलको कांस्य पदक मेक्सिकोले जितेको छ । तेस्रो स्थानको लागि शुक्रबार भएको खेलमा आयोजक जापानलाई ३–१ गोल अन्तरले पराजित गर्दै मेक्सिकोले कांस्य पदक जित्न सफल भएको हो । 

आयोजकमाथि हाबी हुने क्रममा फ्रान्सिस्को कोर्डोभा, जोहान भास्क्वेज र अर्नेस्टो भेगाले एक एक गोल गरे । जापानका कोरु मिटोमाले सान्त्वना गोल फर्काए । १३ औं मिनेटमा फ्रान्सिस्कोले पेनाल्टीमार्फत गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए । ३३ औं मिनेटमा भास्क्वेजले गोल गर्दै मेक्सिकोलाई २–० को अग्रता दिलाए ।

५८ औं मिनेटमा भेगाले गोल गर्दै मेक्सिकोलाई ३–० को अग्रता दिलाए । निरीह जापानका लागि ७८ औं मिनेटमा मिटोमाले सान्त्वना गोल दिलाएका थिए । 

पुरुष फुटबलको स्वर्ण पदकको लागि शनिबार भिडन्त हुँदैछ । उपाधिका लागि ब्रजिल र स्पेन भिड्दै छन् । 

ब्रजिल डिफेन्डिङ च्याम्पियन हो । महिला फुटबलको स्वर्णपदकका लागि फाइन्ललमा क्यानडा र स्वीडेन भिड्दै छन् । अमेरिकाले अष्ट्रेलियालाई ४–३ ले हराउँदै कास्यपदक जितेको छ । 



नयाँ