arrow

टोकियो ओलम्पिक्स समापन: पदक तालिकामा अमेरिका पहिलो, चीन दोस्रो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
Olympic-tokyo-closing.jpg

टोकियो। टोकियो ओलिम्पिक्सको पछिल्लो पदक तालिकामा आइतबार संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ ।पछिल्लो पदक तालिका अनुसार अमेरिकाले ३९ स्वर्ण, ४१ रजत, ३३ कांस्यसहित ११३ पदक जितेर पहिलो स्थान हासिल गरेको छ । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कांस्यसहित ८८ पदक जितेको छ ।

त्यसैगरी आयोजक राष्ट्र जापानले २७ स्वर्ण, १४ रजत र १७ कांस्य पदकसहित ५८ पदक जितेर शीर्ष तेस्रो स्थानमा रहेको छ भने चौथोमा बेलायत रहेको छ । बेलायतले २२ स्वर्ण, २१ रजत र २२ कांस्य पदक हात पारेको छ ।

पदक तालिकाको यसपछिका स्थानमा रहेको आरओसी, अस्ट्रेलिया, नेदरल्याण्ड र जर्मनीले क्रमशः २० स्वर्ण, १७ स्वर्ण, १० स्वर्ण र १० स्वर्णसहित पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा आउन सफल भएका छन् । अस्ट्रेलियाले ७ रजत र २२ कांस्यसहित कूल ४६ र पदक नेदरल्याण्ड्सले १२ रजत र १४ कांस्यसहित कूल ३६ पदक जितेका छन् । जर्मनीले ११ रजत र १६ कांस्यसहित कूल ३७ पदक जितेको छ । 

तालिकाको आठौँ स्थानमा रहेको फ्रान्सले १० स्वर्ण, १२ रजत र ११ कांस्यसहित कूल ३३ पदक जितेको छ ।

एसियाली मुलुकहरूमा चीन र जापानबाहेकका मुलुक पदक तालिकाको निकै पछाडि देखिएका छन् । नेपालको दक्षिणी छिमेकी भारतले एक स्वर्ण, दुई रजत र चार कांस्य पदकसहित कूल ७ पदक जितेको छ ।

टोक्यो ओलिम्पिक्स गत जुलाई २३ बाट सुरु भएको थियो । ओलिम्पिक्स खेल अन्तर्गत जापानका ४२ खेल स्थलमा भएका ३३ खेलका लागि ३३९ प्रतिस्पर्धा तय भएका थिए ।
विश्व प्रसिद्ध फुटबलमा पुरुषतर्फ ब्राजिलले स्पेनलाई हराउँदै स्वर्ण पदक जितेको छ भने बास्केटबलमा अमेरिकाले फ्रान्सलाई हराएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ