arrow

ओलम्पिक पदक : स्वर्णमा चीन अगाडी, कुल पदक अमेरिकाको धेरै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २३ शनिबार
tokyo-2020-olympic.jpg.jpeg

काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा पदक दौडमा चीनको अग्रता जारी रहेको छ। चीन ३६ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। चीनलाई अमेरिका र जापानले पछ्याइरहेका छन्।

अहिलेसम्म चीनले कुल ७९ पदक हासिल गरेको छ। उसले २६ रजत र १७ कांस्य पदक जितिसकेको छ। दोस्रो स्थानमा रहो अमेरिकाको ३१ स्वर्ण रहेको छ। उसले ३६ रजत र ३२ कांस्य हात पारेको छ। तेस्रो स्थानमा रहेको आयोजक जापानले २४ स्वर्ण, ११ रजत र १६ कांस्य जितेको छ।

चौथो स्थानमा रहेको बेलायतले १८ स्वर्ण, २० रजत र २० कांस्य पदक रहेको छ भने पाँचौँ स्थानमा रहेको आरओसी १७ स्वर्ण २३ रजत र २२ कांस्य रहेको छ। त्यसैगरि अष्ट्रेलियाले १७ स्वर्ण, ६ रजत र २१ कांस्यसहित छैटौँ स्थानमा रहेको छ।

सातौं स्थानमा इटली १० स्वर्ण, १० रजत र १८ कांस्य सहित रहेको छ। जर्मनी र नेदरल्याण्ड्स  ९-९ स्वर्ण सहित क्रमशः आठौँ र नवौँ स्थानमा रहेका छन्। दशौँ स्थानमा ७ स्वर्णसहित फ्रान्स रहेको छ।

कुल पदकमा अमेरिका ९९ पदक रहेको छ भने पहिलो स्थानमा रहेको चीनको कुल ७९ पदक रहेको छ। ओलम्पिक पदक तालिकामा स्वर्णका आधारमा स्थान छुट्टयाईन्छ । कुल पदकलाई मान्यता दिइनुपर्ने आवाजहरू पनि बेला-बेलामा उठिइरहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ