arrow

ओलम्पिकको अन्तिम दिन: चीन र अमेरिकाको पदक तालिकामा पहिलो हुने होडबाजी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
Tokyo-olympic-2020.jpg

काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा पदक दौडमा चीनको अग्रता जारी रहेको छ। चीन ३८ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। चीनलाई अमेरिका र जापानले पछ्याइरहेका छन्।

कुल पदकमा अमेरिका १०८ पदक रहेको छ भने पहिलो स्थानमा रहेको चीनको कुल ८७ पदक रहेको छ। ओलम्पिक पदक तालिकामा स्वर्णका आधारमा स्थान छुट्टयाईन्छ । कुल पदकलाई मान्यता दिइनुपर्ने आवाजहरू पनि बेला-बेलामा उठिइरहेका छन्। 

दुई स्वर्ण पदकले अग्रता लिएको चीनका लागि केहि खेलहरू बाँकी रहेको अवस्थामा पहिलो हुने तनाव रहिरहने छ। अमेरिकाले महिला बास्केटबल र भलिबलको फाइनल खेल्न बाँकी रहेको छ भने दुई अमेरिकी बक्सरको फाइनल खेल बाँकी रहेको छ। 

त्यसैगरि चीनको पनि एक महिला बक्सिङ फाइनल खेल रहेको छ भने रिदमिक जिमन्यास्टिकको फाइनल पनि रहेको छ। म्याराथन र साईक्लिङका खेलहरू पनि बाँकी रहेका छन्। 

यसरी समग्रमा हेर्दा पदक तालिकामा पहिलो स्थानको होडबाजी अन्तिम दिनसम्म रहने छ। अमेरिकाको पहिला वरचश्व रहेको एथलेटिक्समा अपेक्षाकृत स्वर्ण आएन साथै पौडीमा पनि अमेरिकाको प्रदर्शन राम्रो रहन सकेन। चीनले भने आफ्नो वर्चश्व भएका खेलहरूमा राम्रो प्रदर्शन जारी राखेको थियो।

अहिलेसम्म चीनले कुल ८७ पदक हासिल गरेको छ। उसले ३१ रजत र १८ कांस्य पदक जितिसकेको छ। दोस्रो स्थानमा रहो अमेरिकाको ३६ स्वर्ण रहेको छ। उसले ३९ रजत र ३३ कांस्य हात पारेको छ। तेस्रो स्थानमा रहेको आयोजक जापानले २७ स्वर्ण, १२ रजत र १७ कांस्य जितेको छ।

चौथो स्थानमा रहेको आरओसीले २० स्वर्ण, २६ रजत र २३ कांस्य पदक रहेको छ भने पाँचौँ स्थानमा रहेको बेलायतले २० स्वर्ण २२१ रजत र २२ कांस्य रहेको छ। त्यसैगरि अष्ट्रेलियाले १७ स्वर्ण, ७ रजत र २२ कांस्यसहित छैटौँ स्थानमा रहेको छ।

सातौं स्थानमा नेदरल्याण्ड्स १० स्वर्ण, १२ रजत र १२ कांस्य सहित रहेको छ। जर्मनी र इटली  १०-१० स्वर्ण सहित क्रमशः आठौँ र नवौँ स्थानमा रहेका छन्। दशौँ स्थानमा ९ स्वर्णसहित फ्रान्स रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ