arrow

ओलम्पिक पदक: चीनको रफ्तार कायमै, अमेरिका पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
Tokyo-olympic-2020.jpg

काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा पदक दौडमा चीनको अग्रता जारी रहेको छ। चीन ३४ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। चीनलाई अमेरिका र जापानले पछ्याइरहेका छन्।

अहिलेसम्म चीनले कुल ७४ पदक हासिल गरेको छ। उसले २४ रजत र १६ कांस्य पदक जितिसकेको छ। दोस्रो स्थानमा रहो अमेरिकाको २९ स्वर्ण रहेको छ। उसले ३५ रजत र २७ कांस्य हात पारेको छ। तेस्रो स्थानमा रहेको आयोजक जापानले २२ स्वर्ण, १० रजत र १४ कांस्य जितेको छ।

चौथो स्थानमा रहेको अष्ट्रेलियाले १७ स्वर्ण, ५ रजत र १९ कांस्य पदक रहेको छ भने पाँचौँ स्थानमा रहेको आरओसी १६ स्वर्ण २२ रजत र २० कांस्य रहेको छ। त्यसैगरि बेलायतले १६ स्वर्ण, १८ रजत र १७ कांस्यसहित छैटौँ स्थानमा रहेको छ।

सातौं स्थानमा जर्मनी ९ स्वर्ण, १० रजत र १६ कांस्य सहित रहेको छ। फ्रान्स, इटली र नेदरल्याण्ड्स  ७-७ स्वर्ण सहित क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा रहेका छन्। 

 



नयाँ