arrow

टोकियो ओलम्पिकपछि पारालिम्पिकको भव्य उद्घाटन, यी हुन् नेपाली सहभागी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
tokyo-paralimpik-opening.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीबीच टोकियो ओलम्पिक भव्य रुपले सम्पन्न गरेको जापानले टोकियो पारालिम्पिक खेलकुद पनि आयोजना गरेको छ । पारालिम्पिक मंगलबारबाट शुरु भएको छ ।

टोकियोमा एक भव्य कार्यक्रमकाबीच टोकियो पारालिम्पिकको औपचारिक उद्घाटन गरिएको छ । टोकियो पारालिम्पिकमा ४ हजार ४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक १६२ राष्ट्रका खेलाडीले २२ खेलबाट ५३९ पदकको लागि खेल्दैछन् ।

उद्घाटनको मार्च पासमा नेपालबाट पलेशा गोवर्धनले नेपालको झण्डा बोकेकी थिइन् ।

नेपालबाट को को हुँदैछन् सहभागी ? 
नेपालबाट एक खेलाडीलेमात्र सहभागीता जनाउँदै छिन् । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले नेपालको प्रतिनिधित्व गर्दैछिन् ।

पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजी मुनि तौल समूहमा खेल्दैछिन् । 

पारालिम्पिकमा सहभागिता जनाउन पलेशासहित ६ सदस्यीय नेपाली टोली टोकियोमा रहेको छ । कविराज नेगी लामा प्रशिक्षक, दीपक विष्ट अफिसियल, सरोज श्रेष्ठ सेफ दि मिसन, डा. दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा नेपालको प्रतिनिधित्व गर्दै जापान गएका छन् । 



नयाँ