arrow

टोकियो ओलम्पिकः कुल पदकमा चीनभन्दा अमेरिका निकै अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
Tokyo-olympic-2020.jpg

काठमाडौं । जापानको टोकियोमा जारी ‘टोकियो ओलम्पिक २०२०’ को पदक तालिकामा रोमाञ्चक स्थिति देखिएको छ । चीन र अमेरिकाबीच पदक तालिकामा निकै टक्कर देखिएको छ । 

शुक्रबार साँझसम्म पदक तालिकामा स्वर्णपदकको आधारमा चीन शीर्ष स्थानमा रहेको छ । चीनले ३४ स्वर्णपदक जितेको छ । अमेरिका दोस्रो स्थानमा छ । तर कुल पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रहेको छ । 

अमेरिका ३१ स्वर्ण, ३५ रजत र २९ कास्यसहित ९५ पदक बटुलेर शीर्ष स्थानमा रहेको हो । चीन भने रजत जम्मा २४ र कास्य १७ गरी कुल ७५ पदकसहित अमेरिकाभन्दा २० पदक कम बटुलेर दोस्रो स्थानमा छ । 

आयोजक जापान २३ स्वर्णपदकसहित ४८ पदक जितेर तेस्रो स्थानमा रहेको छ । तर रुस ओलम्पिक कमिटीको झण्डा मुनि रहेर खेलिरहेको रुसी टिम १७ स्वर्णसहित ६२ पदक बटुलेर कुल पदकमा भने तेस्रो स्थानमा छ । 

दक्षिण एसियामा भारत २ रजत र ३ कास्यसहित ५ पदक बटुलेर स्वर्णका आधारमा ६५ औं स्थानमा रहेको छ । कुल पदकको हिसाबले भने भारत ३३ औं स्थानमा छ । 

अहिलेसम्म ८९ देशले पदक जितेका छन् । नेपालबाट भने पाँच खेलाडीले भाग लिएकामा पहिलो चरणबाटै बाहिरिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ