arrow

कडाइका साथ उपत्यकामा थपियो निषेधाज्ञा, आठ बजेपछि गाडी समेत चल्न नपाउँने (पूर्णपाठ)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
semi-lockdown-nepal.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा थप कडाइका साथ निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा लम्ब्याएको हो ।

अब, उपत्यकामा राति आठ बजेपछि नीजि एवं सार्वजनीक सवारी साधन चल्न नपाउने भएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी निषेध आदेशमा नीजि एवं सार्वजनीक सवारी साधन राति आठ बजे गन्तब्यमा पुगिसक्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तै घरबाहिर निस्किँदा दुई व्याक्ति बीच दुई मिटर दुरी कायम गर्न समेत निषेध आदेशमा भनिएको छ । रेस्टुरेन्ट एवं फास्टफुडलगायतका टेक अवे सेवाक्षेत्रहरु पनि साँझ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने निषेध आदेशमा उल्लेख छ ।

यस्तो छ पूर्णपाठ:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ