- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष बुधबार राजीनामा दिएका हुन् ।
उनीबिरुद्ध लुम्बिनी प्रदेश सभामा १९ साउनमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । सो प्रस्तावमा आज छलफल हुने कार्यसूची छ ।
मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । विपक्षी गठबन्धनले गत वैशाख ६ र २६ गते पनि उनीबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ । पोखरेल २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।