arrow

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
shankar-pokharel.jpg

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलले बुधबार दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा विपक्षी गठवन्धनले १९ साउनमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए भने सो प्रस्तावमाथि आज छलफल र निणर्य हुने कार्यसूची थियो ।

तर, त्यसअघि नै पोखरेलले पदबाट राजीनामा दिएका हुन् । प्रदेशसभाको विशेष अधिवेशन अन्तर्गत आजको दोस्रो बैठकमा सभामुख पूणर् घर्तीले मुख्यमन्त्रीको राजीनामा स्वीकृतसम्बन्धी प्रदेश प्रमुखको पत्र वाचन गरेर सुनाएका थिए ।

मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक  प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् ।  विपक्षी गठबन्धनले गत वैशाख ६ र २६ गते पनि उनीबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ । पोखरेल २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ