arrow

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त, शपथको तयारी हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २८ बिहिबार
kul-kccc.jpg

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) बमोजिम उनलाई नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थनमा केसी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख शेरचनले बिहीबार ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए । उक्त समयमा माओवादी केन्द्रका नेता केसीको मात्रै दाबी परेको थियो ।

मुख्यमन्त्रीमा नियुक्त भएका केसीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ । रोल्पा क्षेत्र नं.१ (क)बाट  प्रत्यक्ष निर्वाचित केसी यस अघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तारिक मामिला तथा कानुनमन्त्री थिए ।

केसीले आउँदो २ फागुनसम्म लुम्बिनी प्रदेशको नेतृत्व सम्माल्ने गरी नेपाली कांग्रेससँग सहमति भएको छ । सहमतिअनुसार २ फागुनपछि ८ महिना कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कानौडिया मुख्यमन्त्री बन्नेछन् ।

मुख्यमन्त्री केसीको विहीबार अपरान्ह ४ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ