arrow

अटो रिक्सा चढेर घर फर्किए मन्त्री 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २८ बिहिबार
chetnarayan.jpg

काठमाडौँ ।  लुम्बिनी प्रदेशका मन्त्रीहरू घर फर्कन थालेका छन् । तत्कालीन नेकपाबाट मुख्यमन्त्री बनेका शङ्कर पोखरेलले राजीनामा दिएपछि उनीहरू धमाधम घर फर्कन थालेका हुन् । सोही क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य  बिदाइ भएका छन् । 

उनी  बिहीबार बिदाइ पछि अटो रिक्सा चढेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बाहिरिँएका छन् । अर्घाखाँची (क) बाट प्रदेशसभा सदस्य रहेका आचार्यलाई  शङ्कर पोखरेलले नियुक्त गरेका थिए । कानुनका विद्यार्थी समेत रहेका आचार्य अर्घाखाँचीमा लामो समय देखि सक्रिय राजनीतिक नेतृत्वमा छन् ।

 तत्कालीन नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेल अल्पमतमा परेसँगै राजीनामा दिएर बाहिरिए पछि माओवादी केन्द्रका संसदीय दलका  नेता कुल प्रसाद केसी ‘सोनाम’ले मुख्यमन्त्री बन्दै छन्। उनी सशस्त्र जनयुद्धका एक होनहार लडाकु कमान्डर पनि हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ