arrow

हाम्राकुरा फलोअप

मृत्यु दर्ता हातमा लिएर जीवित बन्न हिँडेका सुभाषले बल्ल पाए नागरिकता

logo
विवेक मिश्र,
प्रकाशित २०७८ साउन २८ बिहिबार
subash-tamangs.jpg

मोरङ । गलत शव आएपछि दाहसंस्कार गरी मृत्यु दर्ता समेत गरिसकेका एक व्यक्तिले ६ वर्ष पछि नागरिकता पाएका छन् । मोरङको बेलबारी ११ लक्ष्मी मार्गका सुवास तामाङले मोरङ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएका छन् । सरकारी अभिलेखमा मृतकको विवरण रहेका सुवास हातमा मृत्यु दर्ताको प्रमाणपत्र बोकेर पुन नागरिकता दिलाई पाउँ भनेर विगत ४ वर्ष देखी जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न सरकारी निकाय धाई रहेका थिए । 

हाम्रा कुरा डटकमले यो विषयलाई पटक पटक समाचारको माध्यमबाट फलो अप गरिरहेको थियो । बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सुवासलाई नागरिकता प्रदान गरेका हुन् । भोजपुरको षडानन्द नगरपालिका-२ पुर्ख्यौली घर भएका तामाङ वि.स.२०७१ सालमा साउदी अरबको एक कम्पनीमा गएको थिए । वि.स.२०७२ असार २४ गते दुर्घटना भएपछि उनको मृत्यु भएको भनी कपमनिले शव पठाएको थियो । कम्पनीले शव पठाएपछि उनको परिवारले दाहसंस्कार गरी मृत्यु दर्ता समेत गरेको थियो । 

२०७२ साउन ६ गते तामाङको षडानन्द नगरपालिका-२ मृत्यु दर्ता भएको थियो। मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मी मार्गमा बसाइँ सरेका तामाङ आफ्नो मृत्यु दर्ता खारेज गरी दिन माग गर्दै जिल्ला प्रशासन देखी वडा कार्यालय सम्म धाएको सुवासले नागरिकता पाएपछि पुन जीवन पाएको बताएका छन् । सुवास भन्छन् मैले नागरिकता पाए आज म धेरै खुसी छु, मलाई सहयोग गर्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद । नागरिकता दिँदै प्रमुख जिल्ला अधिकारी निरौलाले भने सुवास ६ महिना अघि आउनु भएको थियो त्यसपछि हराउनु भयो मैले यो विषयलाई गम्भीरताका साथ लिएर उहाँलाई बोलाएको हो ।
 
मोरङको बेलबारी- ११ लक्ष्मी मार्गका सुवास तामाङ वि.स.२०७१ सालमा परिवार तथा आफन्तको अनुहारमा खुसी ल्याउने सपना बोकेर साउदी तिर लागे । साउदीमा हुन्डाइ कम्पनीमा काम गर्ने सम्झौतामा उनी विदेश गएका थिए । काम गरे बापतको तलब भने उनले बैकमा पाउने गरेका थिए । आफू बसेको ठाँउवाट बैक सम्म पुग्न समय लाग्थ्यो । तलब लिएर फर्कने क्रममा वि.स.२०७२ असार २४ गते दुर्घटना भएपछि उनको मृत्यु भएको भनी परिवारमा फोन आयो । साउदीमै रहेका सुवासका आफन्तले उनको शव नेपाल पठाउन पहल गरे । १५ दिन नबित्दै उनको शव त्रिभुवन विमानस्थल काठमाडौँ आइपुग्यो । श्रीमती सन्तोषी र बुबा हर्कबहादुर शव ल्याएर आफ्नो रितिरिवार अनुसार बेलबारीमा दाहसंस्कार गरे । पैसा कमाएर सुखको जिन्दगी काट्ने सपना बोकेर विदेश गएका सुसुवासको मृत्युको खबर आएपछि परिवार शोकमा डुब्यो । 

सुवास दुर्घटनामा परेको केही महिनापछि श्रीमतीलाई सुवासका साथीहरूले फोन गरे । विदेशको नम्बर बाट फोन आउँदा सन्तोषीको मन झस्कियो । पहिलो आवाज सुन्दा उनले फिल्मको कथा जस्तै महसुस गरिन । उनलाई पहिलो फोनमै भाउजू सुवास दाइ जिउँदै हुनुहुँदो रहेछ अस्पतालमा उपचार हुँदै छ भनेर फोनमा भनिएको थियो । सुवासकी श्रीमती सन्तोषीले भन्छिन् खबर सुनेर अनुहारमा केही छिन हाँसो त थपियो तर दाहसंस्कार गरेको शव कसको थियो भन्ने चिन्ता भयो ।

 सुवास भनेर दाहसंस्कार गरेका व्याप्ति भने बागलुङका टेकेन्द्र भण्डारी थिए । एउटै कम्पनीमा काम गर्ने ४ जना तथा ट्याक्सी ड्राइभर १ जना गरी ५ जना गाडीमा गएका थिए । रातको करिब १ बजेको थियो होला हामी कोठातिर आउँदै थियौँ सुवासले भने बाटोमा गाडी दुर्घटनामा परेछ मेरो होस आउँदा म अस्पतालमा थिएँ । हामी ५ जना गाडीमा गएकोमा म मात्रै बाचेछु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ