बागमतीमा डोरमणिले राजीनामा दिए, अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाइने
रवीन्द्र गौतम,
प्रकाशित २०७८ भदौ २ बुधबार
1k
Shares
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । उनले राजीनामा दिएसँगै एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरिएको छ ।
हेटौँडामा बसेको बैठकले मुख्यमन्त्री पौडेललाई राजीनामा दिन लगाएर शाक्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउन लागिएको एमाले माधव नेपाल पक्षका एक सांसदले बताए ।
एमाले बागमती प्रदेश संसदीय दलको बैठक अहिले बसिरहेको छ ।