arrow

जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा झन्डै एक अर्ब बालबालिका जोखिममा : युनिसेफ

logo
एएनआई,
प्रकाशित २०७८ भदौ ५ शनिबार
unicef-child-out-of-school.png
फाइल तस्बिर

न्यूयोर्क, संयुक्त राज्य अमेरिका। विश्वमा हरेक दुईमध्ये एक बालबालिका जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्रभावको सिकार हुने अवस्थामा रहेका युनिसेफले शुक्रवार बताएको छ। मध्य अफ्रिकी गणतन्त्र, चाड, नाइजेरिया, गिनी र गिनी–बिसामा रहेका बालबालिकाहरू जलवायु परिवर्तनको सबैभन्दा बढी खतरामा रहेका बताइएको छ।

“जलवायु सङ्कटले बाल अधिकारलाई पनि सङ्कटमा पारेको छ। ‘जलवायु परिवर्तनका कारण बालबालिकामा जोखिम सूचकाङ्कको परिचय’ शीर्षकमा गरिएको अध्ययनमा युनिसेफले आफ्नो युवा जनसङ्ख्याको जलवायु र वातावरणीय प्रभावको आधारमा देशहरूलाई स्थान दिँदै बालबालिकाको दृष्टिकोणबाट जलवायु जोखिमको पहिलो व्यापक विश्लेषण गरेको बताएको छ।

युनिसेफले भनेको छ, “विश्वका दुई अर्ब बीस करोड बालबालिकामध्ये झन्डै एक अरब केटाकेटी ’अत्यन्तै जोखिमपूर्ण’ भनी वर्गीकृत ३३ देशहरूमा बसोबास गर्छन्।

यस अध्ययनमा विचार गरिएका खतराहरूमा बाढी, चक्रवात, ताप लहर, पानीको अभाव, वायु प्रदूषण, सिसा प्रदूषण र सङ्क्रामक रोगहरू समावेश छन्।

“जलवायु र वातावरणीय प्रभावले स्वच्छ हावा, भोजन र सुरक्षित पानीको पहुँचदेखि लिएर शिक्षा, आवास, शोषणबाट स्वतन्त्रता र बाँच्न पाउने तिनीहरूको अधिकारलाई समेत बालबालिकाको अधिकारको पूर्ण क्षेत्रलाई कमजोर बनाइरहेको छ।

युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भने, “वास्तवमा कुनै पनि बच्चाको जीवनमा असर नपर्ने सम्भावना छैन। संयुक्त राष्ट्र सङ्घीय यस निकायले सरकार तथा अन्य सम्बन्धित निकायहरूलाई बालबालिकाका लागि जलवायु अनुकूलन र लचिलापनमा बढी लगानी गर्न, सन् २०३० सम्ममा हरित गृह ग्याँस उत्सर्जनलाई कम्तीमा ४५ प्रतिशतले कम गर्न, जागरूकता बढाउन, युवाहरूलाई जलवायु परिवर्तन नीति निर्माणमा संलग्न गर्न र कोभिडको प्रभाव कम भएको सुनिश्चित गर्न आह्वान गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ