arrow

बालुवाटारमा सत्तारुढ गठबन्धन बैठक : मन्त्रालयको भागबन्डा मिलेन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १५ मंगलबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

काठमाडौं । मन्त्रालयको भागवन्डा मिलाउन र सरकार संचालनका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

मंगलबार विहान बसेको बैठकमा मन्त्रालयको भागबन्डाको बिषयमा भने कुरा मिल्न नसकेको वालुवाटार स्रोतले जनाएको छ । विशेषगरी कुन मन्त्रालय कसले लिने भन्ने विषयमा समझदारी बन्न सकेन् ।

एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी हुने गरी बनाउने एकमुष्ट समझदारी भए पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा कुरा नमिलेको वालुवाटार स्रोतले जनाएको छ ।  मंगलबार बिहान ९ बजे बसेको बैठकमा अब गठबन्धन दलका सभापति तथा अध्यक्षहरु मात्र बसेर भागबन्डा मिलाउने सहमति भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।

देउवाले विश्वासको मत पाएपनि डेढ महिना समय बितिसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको बुझिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ