arrow

कञ्चनपुरका अधिकांश जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७८ भदौ २१ सोमबार
kanchanpur-janapratinidhi.JPG

कञ्चनपुर । नेकपा एमालेबाट चुनाव जितेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ९ जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सोमबार दुई वडाध्यक्ष सहित सात वडा सदस्यले समाजवादी पार्टी रोजेका हुन । नेकपा एकीकृत समाजवादी पार्टी कञ्चनपुरका युवा नेता प्रज्वल कुँवरले सोमबार वडाध्यक्ष सहितका जनप्रतिनिधि समाजवादी पार्टीमा रोजेको बताए । 

नेता कुँवरका अनुसार शुक्लाफाँटा नगरपालिका १का वडाध्यक्ष हरिश विष्ट, ११का वडाध्यक्ष दुल्लु बुढा, वडा सदस्यहरू सरला विष्ट, बचन सिह राना, काले लुहार, लक्ष्मी राना, विमला देवी लुहार, नर बहादुर विष्ट, कुलमती रानाले सनाखत गरेका छन् ।

 ‘पहिलो दिन सोमबार शुक्लाफाँटाका ९ जनप्रतिनिधि समाजवादीमा सनाखत गरेका छन्, ‘उनले भने, ‘भोलि पनि थप हुनेछ ।’ नेकपा एकीकृत समाजवादी पार्टी भीमदत्त नगरका युवा नेता रमेश पन्तले सोमबार भीमदत्त नगरका कार्यपालिका सदस्य मदन सेरालाले समेत समाजवादी पार्टी रोजेको बताए । 

यस्तै एमालेबाट चुनाव जितेका बेलडाँडी गाउँपालिका १ का वडाध्यक्ष अमर खत्रीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए । नेकपा पार्टी एक हुँदा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष पुस महिनामा संसद् विघटन गर्दादेखि नेपाल समूहमा लागेका अध्यक्ष खत्रीले पनि एमाले परित्याग गर्दै नेकपा समाजवादी पार्टी रोजेका हुन । 

सोमबार खत्रीले निर्वाचन आयोगको कार्यालयमा गएर समाजवादी पार्टीमा सनाखत गरेको नेकपा एकीकृत समाजवादी पार्टी कञ्चनपुरका युवा विद्यार्थी नेता प्रज्वल कुँवरले बताए । उनका अनुसार पहिलो दिन बेलडाँडी गाउँपालिका १ का वडाध्यक्षले समाजवादी पार्टी रोजेको बताए । 

समाजवादी पार्टी रोजेका अध्यक्ष खत्रीले राजनीतिक स्वतन्त्रता अनुरूप आफूले समाजवादी पार्टी रोजेको बताए । ‘म राजनीतिक स्वतन्त्रता चाहन्छु ‘उनले भने, ‘यस्ता विषयमा सकैलाई बन्धक बनाउनु हुँदैन, जहाँ बसे पनि जनताकै काम गर्नुपर्छ ।’

यसै गरी सोमबार एमाले कञ्चनपुरका पूर्व जिल्ला कमिटी सदस्य एव कृष्णपुरका समाजसेवी युवा नेता बम सहित दुई वडाध्यक्ष एव एक सदस्य नेकपा एकीकृत समाजवादी रोजेका हुन । 

कृष्णपुरका तीनै जनप्रतिनिधि एमाले परित्याग गर्दै सोमबारदेखि औपचारिक रूपमा समाजवादी पार्टीमा प्रवेश गरेका छन् कृष्णपुर नगरपालिका ३ का वडाध्यक्ष सुन्दर सिह चौधरी, ९ का वडाध्यक्ष छत्र महरा र वडा सदस्य रुकुम सिह ठगुन्नाले निर्वाचन आयोगको कार्यालय कञ्चनपुरमा गएर एमाले परित्याग गर्दै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको सनाखत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ