arrow

काठमाडौं महानगरका वडा सदस्य घुससहित पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
Arrest-Crime.jpg

काठमाडौं। जनताको सेवा गर्छु भनेर निर्वाचित भएर आएको जनप्रतिनिधिले मतदातासँग घूस माग्छ भन्ने विषय सामान्य रूपमा अनुमान गरिँदैन । 

जनताका लागि जनताबाट निर्वाचित जनप्रतिनिधि सदैव जनताप्रति नै उत्तरदायी हुन्छ तर जनताका लागि काम गर्छु भनेर निर्वाचित भएका जनप्रतिनिधिले नै घूस मागे भन्ने सुन्दा उनीहरूलाई कस्तो लाग्ला ? यस्तै अनुमान नै गर्न नसकिने घटना घटेको छ । त्यो पनि राजधानी काठमाडौंमा नै । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका–१४ का वडा सदस्य वसन्त महर्जनलाई रु दुई लाख घूस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार वडा सदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौँलाई सिफारिस गर्दा घूस मागेका थिए । 

वडासदस्यले नै घूस मागेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले कामनपा–१४ कलङ्की खसीबजारस्थित न्यू कान्तिपुर तन्दुरी भोजनालयबाट पक्राउ गरेको हो । आरोपी वडा सदस्यको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ