arrow

शुक्लाफाँटामा बिहीबार सार्वजनिक बिदा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
Shuklaphanta_Nagarpalika.png

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा बिहीबार जिल्ला समन्वय समिति सदस्यको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । नगरपालिकाको वडा नं ५ बाट वडासदस्य पदमा निर्वाचित भई जिल्ला समन्वय सदस्य बनेका बलराम पन्तको निधनमा दुःख व्यक्त गर्दै कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो । 

नगरपालिका मातहतका कार्यालय र शैक्षिक संस्थामा शोक दिवस मानाउने प्रयोजनका लागि बिदा दिने निर्णय गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए । 

पन्तको ६२ वर्षको उमेरमा शुक्लाफाँटा–५ गर्जमुनिस्थित आफ्नै निवासमा मङ्गलबार राति निधन भएको हो । 

उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहँदै आएका थिए । पन्त विसं २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन पिपलाडी गाउँपालिकाको वडा नं ९ का वडाध्यक्षमा समेत निर्वाचित भएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ