arrow

सीता भण्डारी मृत्यु प्रकरणः आत्महत्या दुरुत्साहनमा तीनै जना पुर्पक्षका लागि कारागार चलान 

logo
नारायण वली,  
प्रकाशित २०७८ असोज २१ बिहिबार
sita-bhandari-suicide-kanda.jpg

रुपन्देही । सीता भण्डारी पौडेल मृत्यु प्रकरणबारे कारण नखुल्दा एक महिनादेखि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अलपत्र परेको मृतक भण्डारीको शवले निकास पाउने देखिएको छ ।

गत भदौ २० गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी सीताको घटनाबारे घर परिवारले आत्महत्या भन्दै आएको तर माईती पक्षले भने हत्या दाबी गर्दै आएकाले कारण नखुल्दासम्म माईती पक्षले शव नबुझ्ने अडान लिएपछि सो शव अलपत्र पर्दै आएको थियो ।

२७ वर्षीया भण्डारीको आत्महत्या दुरुत्साहन मुद्धा सम्बन्धमा ईलाका प्रहरी कार्यालय बुटवल र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले समेत अनुसन्धान कार्य गरी प्रतिवेदन जिल्ला सरकारी कार्यालय रुपन्देहीमा पठाइएकोमा उक्त कार्यालयबाट भएको अभियोजन मार्फत रुपन्देही जिल्ला अदालतमा पेशी चढेको थियो ।

असोज १९ र २० गते भएको थुनछेक बहसपछि प्रकाउ परेका तीनै जना प्रतिबादीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भए बमोजिम कारागार चलान गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ