arrow

राजाले राज्य चलाउन नसकेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
king-and-sadhu-vidur.jpg

काठमाडौँ। एक राजाले आफ्नो प्रजाको पालन गर्नमा बढी परिश्रम गर्थे। आफ्नो प्रजाको धेरै ख्याल राख्थे । एक दिन दुःखी भएर राजा आफ्नो गुरुकोमा गए जो एउटा रुखमुनि बस्थे।

त्यहाँ गएर राजाले भने, 'गुरुदेव! म यो राज्यको झन्झटदेखि, समस्याहरूदेखि एकदमै दुःखी भइसकेँ, एक समस्याको हल गर्छु तर अर्को समस्या आएर खडा हुन्छ। त्यसको हल गर्छु त फेरि अर्को समस्या खडा हुन्छ। दिन-प्रतिदिन कुनै न कुनै नयाँ झन्झट खडा हुन्छ।'

गुरुदेवले भने, 'हे राजन! यदि यस्तो कुरा छ भने, राज्य छोडिदेऊ ।'
तब राजाले भन्छन्, 'कसरी छोडूँ? छोड्नाले यसको समस्याहरू सुल्झने होइन । सबै कुरा छरपस्ट हुनेछ, चारैतिर अराजकता फैलनेछ।'

गुरुदेवले भने, 'ठिक छ, । त्यसो हो भने आफ्नो छोरालाई राज्य सुम्पिदेऊ अनि तिमी मेरोमा आएर बस । जसरी म बस्छु, उस्तै प्रकार निश्चिन्त भएर तिमि पनि बस।'
राजाले फेरि भने, 'तर मेरो छोरा त सानो बच्चा नै छ, उसले यति ठुलो राज्यको भार कसरी सम्हाल्न सक्छ?

तब  गुरुदेवले भने, 'त्यसो हो भने तिमीले आफ्नो राज्य मलाई देऊ, म चलाउने छु राज्य ।'
राजाले भने, 'मलाई यो कुरा स्वीकार छ।'

फेरि गुरुदेवले भने, 'हातमा पानी लिएर सङ्कल्प गर। सारा राज्य मलाई दान गर।'
राजाले त्यसै गरे अनि जान थाले।

तब गुरुदेवले भने, 'अब कहाँ जान लाग्यौँ?
राजाले भने, 'राजकोषबाट केही पैसा लिएर कुन अर्को देशमा जानेछु । त्यहाँ व्यापार गरेर आफ्नो जीवन बिताउने छु।'

गुरुदेवले हाँस्दै भने, 'जब तिमीले आफ्नो राज्य मलाई दान दियौँ भने राजकोष पनि मेरो भयो, अब त्यसमा तिम्रो केही अधिकार छैन।'
तब राजाले शिर झुकाएर भने, 'वास्तवमा मेरो केही अधिकार छैन । अब म राज्यमा फर्केर जाँदिन।'

 गुरुदेवले सोधे, 'फेरि कहाँ जान्छौ?' राजाले भने, 'कहीँ गएर नोकरी गर्ने छु अनि आफ्नो जीविका चलाउने छु।'
तब गुरुदेवले भने, 'यदि नोकरी नै गर्ने हो भने, मेरो नोकरी गर। यति ठुलो राज्य छ मेरो, यसलाई चलाउने कसै न-कसैलाई त मैले राख्नपर्छ, यस कारण अब तिमीले नै यो काम गर। मलाई सेवकको जरुरत छ, तिमिले पनि सेवा नै त गर्नु छ। के तिमीलाई यो काम गर्न मन्जुर छ?'
राजाले केही सोचेर भने, 'मलाई तपाईँको आज्ञा शिरोधार्य छ।'

तब गुरुदेवले भने, 'अब तिमी जाऊ, आजदेखि तिमि मेरो सेवक बनेर राज्य चलाऊ। अनि याद राख त्यहाँ तिम्रो केही छैन । राम्रो होस या नराम्रो, हानि होस् या लाभ, सबै मेरो हुनेछ । तिमिलाई केवल तिम्रो तलब मिल्ने छ।' राजाले यो कुरा स्वीकार गरे अनि फेरि गएर राज्य चलाउन थाले।

केही समयको अन्तरालपछि गुरुदेवले आएर आफ्नो सेवकलाई सोधे, 'अब यो राज्य चलाउन तिमिलाई कस्तो लाग्दै छ? के अब पनि दुःखी छौ, के अब पनि जीवन सङ्कटमय प्रतीत हुन्छ?'

राजाले भने, 'केही दुःख छैन गुरुदेव! अब यसमा मेरो के नै छ र। म त तपाईँको सेवक हुँ अनि जुन सेवा तपाईँले मलाई दिनुभएको छ, त्यो मैले तत्परताको साथ गरिरहेको छु अनि राति निश्चिन्त भएर सुत्छु ।'

'त्यसो हो भने अब सुन, यो हो त्यो साधन, जसलाई अपनाएपछि मनुष्य कर्म गर्दै पनि त्यसमा लिप्त हुँदैन । आफै-आफूलाई स्वामी नसम्झ, एक दास सम्झ अनि प्रभु परमात्माको कृपा सम्झ। के यो सबै कुरा तिम्रो हो? होइन, तिमि केवल आफ्नो कर्तव्यको पालन गर्न यहाँ आएका हौ। त्यसलाई पुरा गर अनि अघि बढ्दै जाऊ जबसम्म तिमीलाई लक्ष्यको प्राप्ति हुनेछैन।

मेरा मुझ में कुछ नहीं, जो कछ है सब नोर।
त रा तुझको सौंपते, क्या लागत है मोर।।

मनुष्य गुरुजनको कुरा नमानेर सधैँ काम क्रोध मोह लोभमा फसेर बस्छ अनि त्यसैलाई आफ्नो जीवन सम्झन्छ। तर भगवान्ले हामीलाई यो मनुष्य शरीर यो सबै व्यर्थको कामहरूको लागि दिनुभएको होइन, अपितु आफ्नो जीवनमा सत्कर्म, सदमार्ग, सद् विचार, सद्भाव अनि जति पनि राम्रो गुणहरू छन्, त्यो सबैलाई आफ्नो जीवनमा अपनाउनु पर्छ।

अर्थात्, एक भक्तले गुरुको श्रीमुखबाट निस्केका वचनहरूलाई आफ्नो जीवनमा धारण गर्न पाउनु अनि त्यसमा सधैँ आफ्ना कल्याण सम्झनु पर्छ। सधैँ आफै-आफलाई गुरुप्रति समर्पित राख्नुपर्छ । यो कुरा आजको होइन अनादि कालदेखिको हो। गुरुमा नै त्यो शक्ति हुन्छ जसद्वारा उनले आफ्ना सच्चा भक्तलाई आफू समान बनाइदिनुहुन्छ ।
 



नयाँ