arrow

कमेडीयन भरतमणिलाई दमकमा अभिनन्दन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३१ आइतबार
bharat-mani-poudel-comedian.jpg

दमक । राष्ट्रिय कमेडी च्याम्पियन भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल प्लेजुङका बासिन्दा पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताए ।

अभिनन्दित व्यक्तित्व पौडेलले सबैको साथ, सहयोग र हौसलाका कारण आफूले उपाधि जित्न सफल भएको उल्लेख गर्दै आफ्नो प्रतिभालाई निरन्तर अघि बढाएर कलाकारितालाई व्यवसायिकताको बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

भर्खरै सम्पन्न रियालिटी सोमा उपाधि जित्दै पौडेलले रु २५ लाख र कार प्राप्त गरेपछि उनको कमेडीको यात्रा चुलिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ