- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सन्त एकनाथ विट्ठल भगवान्को परम भक्त थिए । सन्त ज्ञानेश्वर एकनाथलाई भन्थे, 'एकनाथज्यू! आत्मज्ञान लिनुहोस्, बिना ज्ञान कल्याण हुँदैन । एकनाथ सोच्थे, म त पण्ढरपुर मन्दिरमा गएर साक्षात् भगवान्सँग कुरा गर्दछु, यिनी ज्ञानेश्वर आत्माको ज्ञान जान्ने कुरा गर्दछन्, यसको मलाई के जरुरत छ !'
जब सन्त ज्ञानेश्वरले पटक पटक एकनाथज्यू आत्मज्ञान अवश्य जान्नुहोस् भनिरहे, तब एकनाथले भने, 'तिमी ज्ञानको कुरा गर्दछौ जबकि म त भगवान् विट्ठलसंग साक्षात् कुरा गर्दछु ।' सन्त ज्ञानेश्वरले हाँसेर भने, ' ठिक छ ! जब तपाईँ मन्दिर जानु हुनेछ, तब विट्ठल भगवान्लाई नै सोध्नुहोस् कि आत्मज्ञान जान्नु जीवनमा जरुरी छ या छैन ।'
एकनाथ पण्ढरपुर मन्दिर गएर भगवान् विट्ठलाई सोध्छन्, 'प्रभु! सन्त ज्ञानेश्वर बार-बार मलाई भन्छन्, आत्मज्ञान जान, कृपा गरेर यो बताउनुहोस् जब म यहाँ मन्दिरमा आएर साक्षात् तपाईँसँग कुरा गर्दछु, भने आत्मज्ञान जान्ने आवश्यकता नै के छ?' तब भगवान् विठ्ठलले एकदमै राम्रो उत्तर दिनुभयो, 'एकनाथजी! जब तपाईँले मसँग कुरा गर्न चाहनुहुन्छ, तब तपाई पण्ढरपुर मन्दिरमा आउनुहुन्छ जुन भगवान् विट्ठलको मन्दिर हो । तर जब तपाईँलाई आत्माको ज्ञान मिल्ने छ तब जहाँ पनि हुनुहुन्छ त्यही तपाईँले मसँग कुरा गर्न सक्नु हुनेछ, यहाँ मन्दिरमा आइरहने जरुरत नै पर्ने छैन।'
विट्ठल भगवान् भन्नुहुन्छ,'एकनाथजी! जब तिमीलाई आत्मज्ञान मिल्ने छ, तब जहाँबाट पनि मसँग कुराकानी गर्न सक्नुहुनेछ, मेरो साक्षात् दर्शन गर्न सक्नुहुनेछ।'
भगवान् जगन्नाथको दर्शन गर्न मानिसहरू जगन्नाथ पुरी जान्छन्, यदि आत्मज्ञानको क्रियात्मक उपदेश मिल्यो भने हामी आफ्नो हृदयमा नै भगवान्को दर्शन गर्न सक्छौँ ।
द्वापर युगमा कौरव र पाण्डवहरूको कुरुक्षेत्रको मैदानमा महाभारत युद्ध भएको थियो, यस कारण शान्तिको निम्ति ऋषिहरूले प्रार्थना गरेका थिए - सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चित्दुःखभाग्भवेत् ।।
ऋषिहरूका आत्मा उन्नत भएको थियो उनीहरूले मेरो मात्र कल्याण होस् भनेनन् । उनीहरूले सबै सुखी हौन्, सबै निरोगी रहुन् भने । जसरी हवाई जहाजबाट माथि आकाशमा गएँ तराई, पहाड, हिमाल देखिने छ, अझै माथि गएँ पूरा संसार देखिने छ। उस्तै प्रकार हाम्रो आत्मा जति उन्नत हुँदै जान्छ, आत्माको जति उत्थान हुँदै जान्छ, उति नै हाम्रो दृष्टिकोण उच्च हुँदै जान्छ, तब जात-पात, ठुलो-सानो वर्णभेद देखिँदैन। उनीहरूले मानव मात्रको कल्याण गरे अनि यो आत्मज्ञान द्वारा नै सम्भव हुन्छ ।
हाम्रा ऋषि-मुनि आत्म ज्ञानी थिए। यस कारण उनीहरूले सारा संसारको मङ्गल कामना गरे। उनीहरूले सुझाए- 'हे मानव! यदि आफ्नो कल्याण चाहन्छौ भने आत्म ज्ञानलाई जान । जब प्रत्येक व्यक्ति आत्म ज्ञानी बन्ने छ, तब सारा संसार आत्म ज्ञानी बन्ने छ, तब मानव मात्रको कल्याण हुनेछ, संसारमा सद्भावना फैलनेछ ।'