- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । केहिदिन अघि परेको बेमौसमी बर्षाले धान वाली भित्र्याउन लागेका लुम्बिनी प्रदेशका किसानहरूको धानवालीमा पुर्याएको क्षति बारे एक प्राविधिक टोली गठन गरेर सम्बोधन गरिने लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्री वीर बहादुर रानाले बताएका छन् । शुक्रवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री रानाले यस्तो बताएका हुन् ।
आफूले प्रदेशको कान्छो मन्त्रालय सम्हालेको भन्दै, कृषि र किसानको विषयहरूलाई प्रमुखताका साथ काम गर्ने प्रयासलाई अगाडि बढाउने बताएका थिए । कार्यक्रममा बोल्दै मन्त्री रानाले किसानहरूको धानवालीमा पुर्याएको क्षति विवरण सङ्कलन गर्नका लागि प्राविधिक टोलीले ल्याएको तथ्याङ्कलाई आधार मानेर प्रदेश सरकारले राहतको व्यवस्था गर्ने बताए ।
साथै, उनले आफ्नो कार्यकालमा सके जति लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश र सिँचाइ प्रणालीलाई विस्तार गर्ने गरी तीव्र गतिमा काम अघि बढाएको उल्लेख गर्दै, उज्यालो प्रदेश बनाउने कामलाई एउटा कुनै ठाउँ बाट सुरुवात गर्ने तयारीका साथ अगाडी बढाएको जनाएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रोशन पुरीले पछिल्लो समय लुम्बिनी प्रदेश सरकार लगायतले आमसञ्चार माध्यमलाई कुण्ठित गर्ने गरी कानुन बनाएको भन्दै, उक्त कानुनलाई संशोधन गर्न सरकारलाई आग्रह गरेका थिए ।
यस्तै, नेपाल अमेरिका पत्रकार सङ्घका महासचिव सुरज भण्डारीले सरकारले जनताको चासो, गुनासो र अपेक्षालाई बुझेर जनातामुखि काम गर्न आग्रह गरेका थिए । उनले, पत्रकारिताको भूमिकालाई जनतामुखी बनाउनुपर्ने आबश्यकता औँल्याएका थिए ।
कार्यक्रममा नेकपा समाजवादी माधव पक्षका रुपन्देही इन्चार्ज बालकृष्ण चापागाईँले तानाशाही शासन विरुद्ध अव नयाँ ढङ्गले वर्तमान सरकारले काम गर्नुपर्ने बताएका थिए ।