arrow

स्थायी राजधानीबाटै कामकाज गर्ने भन्दै मुख्यमन्त्रीले स्थापना गरे सम्पर्क कार्यालय

logo
नारायण वली,
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
kx-office.jpg

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसीको सम्पर्क कार्यालय स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा राखिएको छ ।

देश सङ्घीयतामा गएपछि विभाजित ७ वटा प्रदेशको अस्थायी मुकाम तत्कालीन समयमा शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश नं ५ को अस्थायी मुकाम रुपन्देहीको बुटवललाई तोकेको थियो । 

पछि स्थायी राजधानी तोक्ने क्रममा भएको मतदानले दाङको देउखुरी उपत्यकालाई दुई तिहाइ बहुमत प्राप्त भएपछि देउखुरीमा स्थायी राजधानीका लागि संरचना नभएकाले हाल लुम्बिनी प्रदेश सरकारको कामकाज अस्थायी मुकाम बुटवलबाट सञ्चालन हुँदै आएको छ ।

स्थायी राजधानीमा अहिलेसम्म एउटा मात्रै मन्त्रालय पुगे पनि अन्य मन्त्रालयहरू बुटवलमै रहेका छन् । 

यस्तै, कार्तिक ३ गते स्थायी राजधानी दाङ पुगेर मुख्यमन्त्री केसीले प्रत्येक शुक्रवार अव स्थायी राजधानीबाट कामकाज गर्ने भन्दै आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको मुख्यमन्त्री सचिवालयले जनाएको छ । 

मुख्यमन्त्री केसीले सम्पर्क कार्यालयमा राजनीति सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियमित रूपमा कार्यालयमै रहने गरी व्यवस्था मिलाएको बताइएको छ। अव देखि केही क्याबिनेटका बैठकहरू पनि स्थायी राजधानी देउखुरी उपत्यकामा बस्ने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ