- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही। लुम्बिनी प्रदेश सरकार हाल अस्थायी मुकाम बुटवलबाटै संचालन हुँदै आएको छ । गत असोज २० गते स्थायी राजधानीको लागि दाङको राप्ती उपत्यकाको देउखुरीमा राख्ने निर्णय भएको १ वर्ष १ महिना बितिसक्दा पनि अझै अस्थायी मुकाम बुटवलबाटै काम हुँदै आएको हो ।
स्थायी राजधानीका लागि बुटवल की दाङ भन्ने विवादले चर्को रुप लिएपछि अन्तत: प्रदेश सरकार स्थापना भएको ३ वर्ष पुगेपछि सांसदहरुको मतदानले दुई तिहाईबाट स्थायी राजधानी दाङ टुंगो लागेको थियो ।
कर्मचारीहरुले बुटवल छाड्न नमानेर असहयोग गरेकाले स्थायी राजधानी दाङको देउखुरीमा सर्न ढिला भएको र स्थायी राजधानी सुनसान बन्न पुगेको स्रोतले बताएको छ ।
प्रदेश पूर्वाधार विकास कार्यालय दाङले पनि अहिलेसम्म प्रदेश सरकार सञ्चालनका लागि आवश्यक भवन तयार नगरेको बताईएको छ ।
राजधानी व्यवस्थापनका लागि राप्ती प्राविधिक शिक्षालयका भौतिक संरचनाहरु प्रयोग गर्ने गरी तत्काल राजधानीको काम गर्ने निर्णयसमेत भएको १ वर्ष बितिसक्दा पनि स्थायी राजधानीमा मुकाम सर्न सकेको छैन ।
कार्तिक ३ गते मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्रीको सम्पर्क कार्यालय र जनसम्पर्क कार्यालय खोल्दै सो कार्यालयमा राजनीतिक सल्लाहकार र जनसम्पर्क सल्लाहकार बस्ने जनाएका थिए।
केही महिनाअघि स्थायी राजधानीमा पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय गए पनि अझैसम्म कर्मचारीहरु जान नमानेपछि कामकाज हुन सकेको छैन ।