arrow

एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
Dilip Neupane Pokhara.jpg

पोखरा। नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने निर्वाचित भएका छन्। न्यौपानेसँगै उम्मेदवारी दिएका अन्य चार जना प्रत्याशीले उम्मेदवारी फिर्ता लिएपछि न्यौपाने सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्षमा उम्मेदवारी दिएका तेजनारायण अधिकारी, दीपक पौडेल, धनबहादुर नेपाली र हरि त्रिपाठीले उम्मेदवारी फिर्ता लिएका हुन्। न्यौपाने महानगर कमिटी पूर्व सचिव पनि हुन् । उनी एमाले नेता एवं पूर्व गृहमन्त्री खगराज अधिकारी निकट मानिन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ