arrow

कीर्तिपुरमा एमाले मुख्यालयको शिलान्यास [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २५ शुक्रबार
uml-mukyalaya.jpg

काठमाडौँ । नेकपा (एमाले) को कीर्तिपुरमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार वैदिक विधिअनुसार सो कार्यालय भवनको शिलान्यास गरेका हुन् ।
 
कार्यक्रममा एमाले उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल लगायतका एमाले नेता-कार्यकर्ताको उपस्थिति रहेको छ । एमालेले पार्टी सदस्यहरूको सदस्यता शुल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने तयारी गरेको छ । सो जमिन एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका प्रमुख मीनबहादुर गुरुङले उपलब्ध गराएका हुन् । 

२०७२ सालको भूकम्पपछि काठमाडौँ महानगरपालिका–१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको थियो । हाल च्यासलस्थित पार्टी कार्यालयमा पनि हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा केन्द्रीय कार्यालय बनाउने काम शुरु गरिएको एमालेले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ