arrow

कोरोना संक्रमितको अनुभव

निजी अस्पतालभन्दा कोभिड अस्पताल अब्बल

logo
नारायण वली,
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
tilotama-corona-hospital.JPG

रुपन्देही। ऋषि चापागाईँलाई निजी अस्पताल भन्दा कोभिड विशेष अस्पताल अब्बल लाग्यो । सेवा र सुविधा उपयोगले चापागाईँ यति वेला तिलोत्तमा नगरपालिका वडा-९ केउलानीमा रहेको कोभिड विशेष अस्पतालमा बसेको बिहीबार ९ दिन भयो । आफ्नी ठुली आमालाई दसैँ अगाडि ज्वरो र खोकी लगातार लागेपछि उपचार गराउन उनी लागे । 

बुटवल स्थित नेशनल प्याथमा जाँच गर्दा उनकी ठुली आमालाई कोभिड देखियो । स्वास्थ्य मापदण्ड अनुसार उनलाई उपचारका लागि कोभिड अस्पतालमा राखिएको छ । 

तिलोत्तमा-१३ तिनधुराका उनीहरू तिलोत्तमा नगरपालिका वडा ९ स्थित कोभिड अस्पतालमा ४ जना कोरोना‌ सङ्क्रमित उपचाररत छन् । ठुली आमालाई सङ्क्रमण देखिएपछि घरका अन्य ३ जनालाई जाँच गर्दा सङ्क्रमण भएको पुष्टि भयो । पुष्टि भएका २ जना पुरुषलाई कुनै लक्षण देखिएन भने एक जना वृद्ध महिला लाई ज्वरो आउने र खोकी लाग्यो ।

कोरोना विशेष अस्पतालमा जानु हुँदैन त्यहाँ न उपचार हेरचाह न खानाको व्यवस्था राम्रो हुन्छ जानु हुँदैन ज्यान जाने समेत खतरा हुन्छ भन्ने सुनेको थिए ऋषिले भने तर सोचे भन्दा फरक रहेछ निजी अस्पतालमा भन्दा पनि अब्बल ।

चापागाईँ भन्छन्,' एसी सहितको क्याबिन बेड २४ घण्टा डाक्टरको निगरानी हप्तामा माछा मासु र निःशुल्क औषधी समेतको व्यवस्थाले आधा सङ्क्रमण हटेर जाने प्रबन्ध देख्दा खुसी लाग्यो ।'

उसो त वडा कार्यालयसङै रहेको कोभिड अस्पताल‌ र सङ्क्रमित बिरामीहरूको प्रत्यक्ष अवलोकन वडाध्यक्ष नारायण न्यौपानेले गर्दै आएको कोभिड अस्पतालमा बस्दै आएकी ७३ वर्षीय गणेश कुमारी श्रेष्ठले बताइन् । 

उनी भन्छिन्,' म आउँदा ज्वरो र खोकीले गाह्रो बनाएको थियो अहिले यहाँ आएपछि ज्वरो खोकी सन्चो भएको छ । समय-समयमा डाक्टर र वडाध्यक्षले निगरानी गर्नुहुन्छ अहिले सम्म अप्ठ्यारो भएको छैन  ।'

अर्का सङ्क्रमित धन बहादुर श्रेष्ठले पनि घरभन्दा अझ धेरै हेरचाह खानपिन र व्यवस्था राम्रो रहेको भन्दै स्वास्थ्यमा अहिले कुनै समस्या नभएको बताउँदै निजी अस्पतालमा पैसा तिर्दा पनि यतिसम्म सहज हुँदैन तर यहाँ त्यो भन्दा फरक छ ।

बिरामीहरूको लागि मनोरञ्जन तथा प्रविधिसँग जोडेर दैनिकी बिताउन सजिलो होस् भन्ने उद्देश्यले नेटको समेत मिलाइएको वडाध्यक्ष न्यौपानेले जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ